×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बीमा साक्षरता : के तपाईं जीवनबीमा गर्दै हुनुहुन्छ ? यी शब्दावलीको अर्थ बुझिराखे हुन्छ सजिलो ! (शब्द र अर्थसहित)

के तपाईं बीमा गर्दै हुनुहुन्छ ? वा बीमा व्यवसायमा वा बीमा चाख लगाउनुहुन्छ ? यदी यस्तो हो भने बीमासम्बन्धि केहि शब्द र तीनका अर्थ बुझे तपाईंलाई राम्रो नै हुन्छ । जीवित व्यक्ति उपर गरिने बीमा जीवनबीमा केहि त्यस्ता शब्दहरु छन्, जसको अर्थ बुझिराख्दा राम्रै हुन्छ । 
१. जीवनबीमा (Life Insurance) : मानिसको जीवनको कुनै पनि खालको बीमा गर्नुलाई जीवनबीमा भनिन्छ । मानौं मानिसको दुर्घटना बीमा गरिएको छ भने दुर्घटना हुँदा क्षतिपूर्ति पाइन्छ । यो बीमालाइ नै जीवनबीमा भनिन्छ । 
२. बिमक (Insurer) : बिमाक भनेको बीमा गराउने उदेश्यले प्रचलित कानुन अनुसार दर्ता भएको र बीमा गर्ने इजाजत पाएको संस्था । उदाहरणका लागि, तपाईंले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट बीमा गर्नुभएको छ भने उक्त कम्पनी बिमक हो ।
३. बिमित (Insured) : माथिकै उदाहरण सम्झौं त । यदी तपाईंले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट बीमा गर्नुभएको छ भने तपाईं ‘बिमित’ हो । वा जसको बीमा गरिएको हुन्छ उ नै बिमित हो । कानुनी बीमा करार अनुसार जसले बीमावापतको क्षतिपूर्ति पाउँछ, त्यो बिमितले पाएको अधिकार हो । 
४. बीमालेख (Policy Document) : छोटोमा बुझ्दा बीमा सम्बन्धि सबै कुराहरु समेटेर बनाइएको करारनामा नै बीमालेख हो । यसमा कसको अधिकार के हुने र कसको दायित्व के हुने भन्ने लेखिएको हुन्छ । यो बीमामा सबैभन्दा महत्वपूर्ण कागज हो । 
५. बिमांकी : बीमाको दायित्वको निर्धारण तथा गणना गर्नको लागि बिमकद्वारा (बीमा गरिदिने कम्पनीद्वारा) नियुक्ति गरिएको व्यक्ति । यसखाले व्यक्तिको पनि योग्यता तोकिएको हुन्छ । 
६. बीमा अभिकर्ता (Insurance Agent): बीमा गर्ने हो भने मलाई सम्झनुहोस् भन्नेहरु देख्नु भएको छ नि ? हो ! उनीहरु यदी बिमाक कम्पनीको आधिकारिक व्यक्ति र नियामक बीमा समितिको लाइसेन्सधारी हुन् भने उनीहरु बीमा अभिकर्ता हुन् । तपाईंले बुझ्नै पर्ने कुरा के हो भने बीमा अभिकर्तालाई लाइसेन्स दिइएको हुन्छ । तपाईंले मागेको खण्डमा उनीहरुले लाइसेन्स देखाउनुपर्छ । उनीहरु बीमा कम्पनीका तलवी कर्मचारी भने होइनन् । उनीहरुलाई तपाईंले तिरेको रकमबाट बीमा कम्पनीले केहि कमिसन दिन्छ । 
७. आवेदक(Proposer): बीमाको लागि प्रस्तव गर्ने व्यक्ति नै बीमाको आवेदक हो । मानौं तपाईं वीमा गर्दै हुनुहुन्छ भने तपाईं आवेदक हो । 
८. बिमांक (Sum-Assured): बीमा गर्न चाहेको वा गरिएको रकम नै बिमांक हो । तपाईंले यति लाखको इन्स्योरेन्स मैले गरें भनेर कसैले भनेको सुन्नुभएको होला । हो, बीमाको कुल रकम नै बीमांक हो ।
९. बीमाशुल्क (Premium): बीमा व्यवसाय भनेको नै रिस्क लिएवापत कम्पनीले तपाईंसँग पैसा लिएर तपाईंको बीमा गरिदिने हो । हो, यहि रिस्क लिए बापत बीमा कम्पनीले बिमितसँग लिने रकम नै बीमाशुल्क हो ।
१०. बिमाशुल्क तिर्ने तरिका (Mode of Premium Payment) : तपाईंले कसरी बीमाको पैसा तिर्ने भन्ने कुरा नै बीमाशुल्क तिर्ने तरिका हो । सामान्यतया वार्षिक, अर्ध वार्षिक, त्रैमाशिक, र मासिक रुपमा बीमाको पैसा तिर्ने चलन छ । 
११. बिमा अवधि (Term): तपाईंले जति बर्षका लागि बीमा गर्नुहुन्छ । त्यो समयलाई बीमा अवधि भनिन्छ । जस्तो तपाईंले आफ्नो जीवनबीमा २० बर्षको गर्नुभयो भने २० बर्ष बीमा अवधि हो ।
१२. बिमा लेख मालिक (Policy Owner) : बीमाको करारनामाको मालिक नै बीमालेख मालिक हो । 
१३. इक्षाएको व्यक्ति : (Beneficiary) : मानौं ‘राम’ भन्ने व्यक्तिको बीमा गरेको छ । उसको निधन भयो । अव त्यसवापत कम्पनीले तिर्ने पैसा कसले पाउँछ त ? हो, त्यो व्यक्ति बिमितले नै पहिला नै उल्लेख गरेको हुन्छ जसलाई हामी इक्शाएको व्यक्ति भन्छौं ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: