×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुटवल पावरले गर्यो २८% लाभांश दिने घोषणा, कहिले हुँदैछ एजिएम ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ मंसिर २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

बुटवल पावरले गर्यो २८% लाभांश दिने घोषणा, कहिले हुँदैछ एजिएम ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमडौं – बुटवल पावर कम्पनीले २८% लाभांश दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट १०% बोनस सेयर र १८% नगद लाभांश दिने निर्णय गरेको हो । 
सञ्चालक समितिले प्रस्तावित लाभांश पुस २७ गते बस्ने वार्षिक साधारण सभामा पेश गरिने कम्पनीले जनाएको छ । साधारण सभा कार्की बैंक्वेट, बबरमहल काठमाडौंमा बिहान १० बसे सुरु हुनेछ ।बुटवल पावर कम्पनीले साधारण सभा गर्न पुस ६ गतेदेखि बुक क्लोज गर्न जनाएको छ । 
पुस ५ गतेसम्म कायम रहने सेयरधनी मात्र प्रस्तावित लाभांशको हकदार हुनेछन् । कम्पनीले हाल चुक्ता पुँजी २ अर्ब २१ करोड ८६ लाख ७२ हजार रुपैयाँ रहेको छ भने बोनस सपछि चुक्ता पुँजी २ अर्ब ४४ करोड ५ लाख ३९ हजार २०० रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: