×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेञ्चुरी बैंकको सिएसआर, विद्याललाई १ थान कम्प्युटर तथा स्कुल ब्याग हस्तान्तरण

काठमाडौं – सेञ्चुरी कमर्सियल बैंकले १ थान कम्प्युटर बाल विनायक आधारभूत विद्यालय, सूर्यविनायक न.पा – २ लाई हस्तान्तरण गरिएको छ ।
सो कम्प्युटर बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले विद्यालयका प्रधानाध्यापक बाबु काजी श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा बैंकका मार्केटिङ्ग म्यानेजर सुबास शर्मा र विद्यालय व्यवस्थापन समितीका पूर्व अध्यक्ष कृष्ण सिल्वाल र हालका अध्यक्ष सुबास कार्की तथा अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
साथै बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले श्री बाल चेतन आधारभूत विद्यालय, सूर्यविनायक न।पा – ४ को प्रधानाध्यापक राम शरण खड्कालाई ३५ थान स्कुल ब्यागसमेत हस्तान्तरण गरेको छ । बैंकले आफ्नो विभिन्न शाखा कार्यलयहरुबाट शिक्षा क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुपै कार्यक्रमहरु गर्दै आएको छ ।
बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९५ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १२ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२७ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: