×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चैतारी लघुवित्तको आइपीओ शुक्रबार बाँडफाँट हुँदै, कसको भागमा कति ?

काठमाडौं – चैतारी लघुवित्तको आइपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । प्राप्त जानकारी अनुसार आइपिओ बाँडफाँट शुक्रबार एनआइबीएल एसकै कार्यालयमा हुने भएको छ । बाँडफाँट हुने समय भने टुंगो लाग्न बाँकी रहेको छ ।
चैतारीको आइपीओमा २ लाख ७३ हजार ५०० जना भन्दा बढीले आवेदन दिएका छन् । झण्डै १ अर्ब ७१ करोड रुपैयाँ बराबरको १ करोड ७१ लाख कित्ताका लागि आवेदन परेको छ । माग भन्दा ३०.४९ गुणा बढी आवेदन परेकाले यो आइपीओ गोलाप्रथाको माध्यमबाट बाँडफाँट हुनेछ । कुल ५६ हजार ७० जना सर्वसाधारण लगानीकर्ताले चौतारीको आइपीओ पाउनेछन् ।
चौतारीले मंसिर १९ गतेदेखि ५ लाख ६० हजार ७०० कित्ता आइपीओ बिक्री खुला गरेको हो । कुल ६ लाख कित्तामध्ये ९ हजार ३०० कित्ता (०.५%) सेयर कर्मचारी र ३० हजार कित्ता (५%) सेयर म्युचुअल फन्डलाई छुट्यएर बाँकी सेयर सर्वसाधारणलाई बिक्री गरेको हो । रेटिङ एजेन्सी इक्रा नेपालले चौतारीको आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: