चिलिमे जलविद्युतले गर्यो २५% लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति ?


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - चिलिमे जलविद्युत कम्पनीले २५% लाभांश दिने भएको छ । कम्पनीको बुधबार बिहान बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४/७५को मुनाफाबाट २०% बोनस सेयर र ५% नगद लाभांश दिने निर्णय गरेको हो । 

सञ्चालक समितिले प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीलाई वितरण हुनेछ । हाल चिलिमेको सेयर पुँजी ३ अर्ब ९६ करोड ५१ लाख १३ हजार रुपैयाँ रहेको छ । 
प्रकाशित मिति : Wednesday, December 12, 2018

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal