सिटिजन्स बैंकको ३.६२८% बोनस सेयर र १.६३५% नगद लाभांश दिँदै

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनलले ५.२६३% लाभांश दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ३.६२८% बोनस सेयर र १.६३५% नगद  लाभांश दिने निर्णय गरेको हो । 

प्रस्तावित लाभांश अनुमोदनका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने बैंकले जनाएको छ । हाल कायम चुक्ता पुँजी ८ अर्ब ३ करोड ३२ लाख ३६ हजार ४०० रुपैयाँ रहेको छ भने बोनस वितरणपछि चुक्ता पुँजी ८ अर्ब ३२ करोड ४६ लाख ८२ हजार १७३ रुपैयाँ पुग्नेछ । 
प्रकाशित मिति : Wednesday, December 12, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal