×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेलले दिएको राजीनामा छोटेलालले च्याते ! (च्यातिएको पत्रसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल ईन्भेष्टर्स फोरमको बुधबार बसेको बैठकमा अध्यक्ष अम्बिकाप्रसाद पौडेलले राजीनामा दिएपछि सो पत्र छोटेलाल रौनियारले राजीनामा च्यातेका छन् । पौडेलले अवको अध्यक्ष छोटेलाल हुने प्रस्ताव गरेर राजीनामा पत्र पढेपछि रौनियारले फोरमको अध्यक्ष पौडेल नै हुनुपर्ने भन्दै राजीनामा पत्र च्यातेका हुन् । पौडेल अर्थ मन्त्रालयद्धारा गठित मुद्रा र पूँजी बजारसम्बन्धी अध्ययन समितिका सदस्य थिए ।
यता बैठकमा उपाध्यक्ष रौनियारले आफु किन पचिल्लो गतिविधिमा संलग्न हुन नसकेकोबारे पनि स्पष्टीकरण दिएका छन् । उनले आफु पारिवारिक कारणले पछिल्लो गतिबिधिमा संलग्न हुन नपाएको भन्दै बैठकमै दुखेसो समेत गरेका थिए । केहि समययता उनी आफ्नी छोरीको विवाहमा व्यस्त थिए ।
पौडेलले आफ्नो कार्यकालको स्वर्णिम पललाई अंगालेर फोरमबाट बिदा हुन खोजेका छन् भने रौनियार अहिले आफ्नो विवादित छविका कारण तत्काल अध्यक्ष हुन नपरे हुन्थ्यो भन्ने पक्षमा छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: