×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गरिमा विकास बैंकको दुई नयाँ शाखा दाङको घोराही र कैलालीको धनगढीमा, कुल शाखा ६६ पुग्यो

काठमाडौं – गरिमा विकास बैंक लिमिटेडले पौष ११ गते दुई नयाँ शाखा सञ्चालन गरेको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा दाङ जिल्लाको घोराही र कैलाली जिल्लाको धनगढीमा नयाँ शाखा कार्यालय सञ्चालन गरेको हो । घोराही शाखा कार्यालयको उद्घाटन घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरी र धनगढी शाखा कार्यालयको उद्घाटन धनगढी उप–महानगरपालिकाका मेयर निर्प ओडले गरे । 
हाल बैंकले ६६ वटा शाखा कार्यलय र १५ वटा एटीएम मार्फ आफ्ना ग्राहकवर्गहरुलाई बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ । बैंकले छिट्टैनै पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपूर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा समेत शाखा कार्यालय खोल्ने योजना रहेको बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: