×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गरिमाको ‘मर्जर-चर्चा’भित्रको ‘इनसाइडर-स्टोरी’ : एनएमबिले ‘विकल्प खोजेपछि’ गरिमाका सीइओको यस्तो नाटक !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – कुरा अलि अघिको हो, गरिमा बिकास बैंकलाई मर्जरमा लैजानुपर्छ भन्ने चर्चा बैंकभित्रैबाट उठेको थियो । भूकम्प पीडीतलाई ठगेर बदनामी कमाएको बैंकले गरिव जनताका अगाडी कहिले पनि आफ्नो ‘गरिमा’ राख्न सकेन । भरतपुर जिल्लाको पहाडी क्षेत्रमा भूकम्पपीडितका लागि घर निर्माण अनुदान सम्झौता गरेको गरिमा विकास बैंकले लाभग्राहीलाई ठग्ने गरेको पाइएपछि त्यतातिरका जनताले  त यो बैंकको नाम नै ‘ठग बैंक’, ‘लुटेरा बैंक’ वा यहाँ लेख्नै नमिल्ने शब्द जोडेर राखेका छन् । जव बैंकका तत्कालीन अध्यक्ष दिलिप प्रसाद खांड स्याङ्जाको वालिङ नगरपालिकाको मेयर बने र बैंक छाड्नु पर्यो, त्यतिबेला नै बैंकलाई अव कसैको जिम्मा लगाउनुपर्छ भन्ने कुरा उठेको थियो । यो कुरालाई बैंकका तत्कालीन संचालक हरि कुमार श्रेष्ठको पनि साथ थियो किनकि उनी पनि म्याग्दी जिल्लाको बेनी नगरपालिकाबाट मेयर बनेका कारण बैंक छोड्नु पर्ने थियो । बैंकबाट तत्कालीन अध्यक्षले औपचारिक राजिनामा दिएपनि बैंक उनले भने-गरे अनुसार नै चलिरहेको थियो । राजनीतिमा उनले खास समय दिनु परेकोले बैंक जिम्मा लगाउने तरखरमा उनी थिए ।

गरिमाको इक्षा ‘मर्जर’, सीइओको इक्षा, ‘इम्प्रुभ्ड करियर’
एकातर्फ बैंकमा रहेका उच्च तहका कर्मचारीको ब्याकग्राउण्ड ठिक छैन । बैंकमा उच्च तहमा कार्यरत कर्मचारीहरु कुनै बेला पोखराको ‘ऋण- काण्ड’मा परेकाहरु छन्, त कोहि नेताकै पावरका भरमा बैंकमा काम गरिरहेकाहरु छन् । बैंकका सीइओ पनि बैंक चलाउनेभन्दा बैंकहरुको राजनीति गर्नमा बढी व्यस्त छन् । बजारमा ‘अवसरवादी बैंकर’को आरोप लाग्ने गरेका सीइओ ढकाललाई पनि ठुलै बैंकमा डेपुटी पड्काउन पाउने आश थियो । उनले थुप्रै पटक ‘बिकास बैंकमा भएन अव’ भन्ने गरेको डेभलोपमेन्ट बैंकर्स एसोसीएसनमा आवद्ध सीइओहरु बताउँछन् । उनको मनोबिज्ञान पनि बैंक मर्जरमै जाओस् भन्ने थियो भन्ने अनुमान लगाउनेहरु धेरै छन्।
त्यसपछि सुरु भयो मर्जरको छलफल 
गरिमा बिकास बैंक जसरी पनि आफ्नो बैंक जिम्मा लगाउने दौडमा लाग्यो । यो बीचमा एनएमबि बैंकसँग अनौपचारिक कुराकानी भएपछि बैंकलाई ‘के खोज्छस्  .. आँखा !’ भनेजस्तै भयो । एनएमबि बैंकले विकल्पका रुपमा सोचेको बैंकले अलि बढी नै आशा गर्यो सायद, गरिमाले छलफललाई बढाउने कोशिस झन् रफ्तारमा लग्यो । यस्तै कुरै कुरामा एनएमबि बैंकले केहि समय अगाडी गरिमालाई ‘अक्वायर’ गर्ने कुरामा ग्रीन सिग्नल दिएपछी गरिमा झन् यो विषयमा तात्यो । गरिमाका सीइओलाई एनएमबि जस्तो बैंकको डेपुटी हुन पाउँछु भन्ने आशा थियो । त्यहि भएर पनि होला सायद, छलफल छन् अघि बढ्यो । 
कुरा चल्दै जाँदा यो कुरा गरिमाका संचालकलाइ थाहा नहुने कुरै भएन । खासै बैंकको इथिक्समा नचल्ने ती संचालकले बाहिर कुरो चुहाए । यतिसम्मकी उनले कतिपटक को-को संग भेटियो र मर्जरको विषयमा कुरो चल्योसमेत भन्न भ्याए । त्यसपछि बजारमा एकाएक मर्जरको हल्ला चल्यो । किन्नेले सेयर उठाउन थाले । गरिमाको सेयर किन बढीरहेको छ भन्ने थाहा पाएपछि संयोगबस् हामीले पनि तीनै संचालकलाई यो कुरा सोध्न पुगेछौं । उनले बेली बिस्तार लगाए । स्वाप रेसियोसमेत फाइनल भइसकेको कुरा गरे । त्यति नै बेला बजारमा सबैभन्दा विश्वासिला आर्थिक पत्रकारका रुपमा रहेका एक पत्रकारले फेसबुकमा यहि मर्जरको कुरा राखे । अन्तत: ती संचालकसँगको करिव ७ मिनेटको गफगाफपछि बेलुका अर्थ सरोकारमा गरिमा-एनएमबिको मर्जरको समाचार बन्यो । 

एनएमबिले ‘नो’ भनेपछि सीइओको यस्तो नाटक !
तर समाचार एकाएक भाइरल भएपछी शुक्रबार गरिमाका सीइओले खुब गाली खाए । यो कुरा कसरी मिडियासम्म पुग्यो भन्ने कुरा उठ्यो । बिगत २ बर्षदेखि बैंक अफ दी एयर पाएको एनएमबि आफ्नो साख गिराउने पक्षमा थिएन । गरिमाको सेयरमा निरन्तर उछाल आएको देखेर मर्जरको सूचना गरिमाका तर्फबाट चुहियो भन्ने एनएमबिले बुझ्यो । त्यसपछि एनएमबिले आफुले अरु बैंकहरु पनि विकल्पका रुपमा सोचेको कुरा सुनाएपछी गरिमा त्राहिमाम बन्यो । गरिमाका सीइओको सपानामा धक्का लाग्यो । उनले त्यसपछि केहि संचालकहरुलाई सोधे । शुक्रबार उनको दिन यसैगरी बित्यो । मर्जरको विषयमा आफुले गाली खाएपछि उनले मर्जरको हल्ला गलत हो भनेर बिज्ञप्ति बनाउन अर्हाए । मर्जरको चर्चा धेरै मिडियामा थियो । तर उनले पहिला कसले लेख्यो भनेर सोधनी गरे । कर्मचारीले फ्याट्टै अर्थ सरोकारमा समाचार छ भन्ने सुनाए । यसबारे उनले बैंकका पूर्व अध्यक्षलाईसमेत ब्रिफिङ गरे । अर्थ सरोकारले बैंकको अध्यक्ष र मेयर एकै हुन राष्ट्र बैंकको नियमले दिंदैन भन्ने समाचार लेखेपछि तत्कालीन अध्यक्षले बैंक छोडेका थिए । यहि कुरालाई टेकेर ‘अर्थ सरोकार’लाइ ठोकेर बिज्ञप्ति निकाल्नु भनी अर्हाईयो । यो काममा बैंकका कम्पनी सचिव माधव प्रसाद उपाध्याय र यस अघि पोखराको ऋण काण्डमा समेत मुछिएका भक्त बहादुर केसीले सहि थापे । र बिज्ञप्ति तयार भयो । 
तर पनि बैंकका सीइओ न मर्जरको कुरा चली पो हाल्छ कि, अगाडी बढी पो हाल्छ कि भनेर बसे । आइतबार सेयरको कारोबार हेरौं भन्ने पनि कुरा चल्यो । तर आइतबार गरिमाको कारोबारमा उछाल आयो । सेयरको कारोबार हद बढेपछी नेप्से र धितोपत्र बोर्डबाट एनएमबि बैंक र गरिमा दुबैलाई अनौपचारिक प्रश्न सोध्ने काम भयो । विवादमा फसिने पक्का बह्येपछी एनएमबि बैंकले औपचारिक रुपमै गरिमालाई ‘नो’ भन्यो । त्यसपछि कारोबार सकिएपछि शनिबारको मिति राखेर बिज्ञप्ति आइतबार प्रकाशित भयो । 
(हामीलाई समाचार उपलब्ध गराउने स्रोत अर्थात बैंकका एक संचालकसँगको कुराकानीमा आधारित)      
र हाम्रो भन्नु !
अर्थ सरोकारको नाम नै किटेर बैंकको बिज्ञप्तिआइ सकेपछि हामीले केहि भन्नु नै पर्छ । हुन त भक्त बहादुर केसीले फोन गरेर अर्थ सरोकारको नाम नै किटिनु प्राविधिक गल्ती भएको भन्दै मागी मागिसकेका छन् । तर यो काममा उनले पनि सल्लाह दिएका छन् भन्ने हामीलाई थाहा छ । हामी हाम्रा समग्र पाठकहरुलाई भन्न चाहान्छौं, ‘यसअघि पनि हामीले थुप्रै पटक मर्जरमा समाचार ब्रेक गरेका थियौं । हामी कुनैमा पनि फेल खाएका छैनौं । यो पटक मर्जरको विषयलाई लिएर बजारमा व्यापक चलेखेल भएको बुझ्न गाह्रो छैन । सबैतिरबाट चौतर्फी दबाद आएपछी यो मर्जरको कुरा बिसर्जन भएको हामीले बुझेका छौं । तर समाचार बनाउने बेलामा हामी सूचना भेरिफाइ गर्न चुकेका थिएनौं । संचालकसंग कुराकानी गरेर नै हामीले समाचार बनाएका थियौं । अर्को कुरा गरिमा बिकास बैंकका तत्कालीन अध्यक्ष र एक संचालकले हाम्रो समाचारपछी नै राजीनामा दिएका थिए । त्यहि भएर थुप्रै मिडियामा मर्जरको समाचार आएपनि हाम्रो नाम किटिनुलाई हामीले अन्यथा लिएका छैनौं । बरु गरिमा बिकास बैंकभित्र हुने गरेका थुप्रै काण्डहरुमा हाम्रो सुक्ष्म नजर हटाउनु हुँदैन भन्ने उर्जा हामीलाई मिलेको छ ।यो बीचमा आफुलाई अर्थ सरोकारको प्रतिष्पर्धी भन्न रुचाउनेहरुले यो विषयलाई ठुलो बनाएको कुरा हामीलाई थाहा छ । तर हामी न चुक्नेछौं, न झुक्नेछौं । हामी त हामीले बाचा गरे अनुरुप, ‘जनताका मुद्धा बोकीरहन्छौं, गलत गर्नेलाई अक्षरले ठोकीरहन्छौं’          
गरिमा बिकास बैंक सम्बन्धि अर्थ सरोकारका तलका समाचार छुटाउनुभयो कि ?
(हामी निरन्तर यो बैंकका कर्तुतको फलोअपमा छौं)     
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: