ग्लोबल आइएमई बैंकको नयाँ शाखा काभ्रेको बेथानचोकमा, सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले गरे उद्घाटन

काठमाडौं - ग्लोबल आइएमई बैंकले आइतबार काभ्रे जिल्लाको बेथानचोकमा नयाँ शाखा स्थापना गरेको छ । उक्त शाखा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले उद्घाटन गर्नुभयो ।

उक्त शाखाको उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले बेथानचोकलगायत देशका अन्य गाउँपालिकाहरुमा ग्लोबल आइएमई बैंकले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनीय टेवा पुगेको बताउनुभयो ।

उक्त कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंक सुविधा सम्पन्न स्थानमा मात्र नभएर विकट क्षेत्रमा समेत पुगेर आफ्नो सेवा प्रदान गरिरहेको जानकारी गराउँदै सबै वर्ग र क्षेत्रलाई बैंकिङ पहुँचमा ल्याउने बैंकको प्राथमिक उद्देश्य रहेको बताउनुभयो ।

ग्लोबल आइएमई बैंकले १३३ शाखा, १४१ एटीएम, ६ एक्सटेन्सन काउन्टर, १५ वटा राजस्व संकलन काउन्टर र ११० शाखारहित बैंकिङ सेवा, विदेशमा ३ प्रतिनिधि र सम्पर्क कार्यालय मार्फत आफ्ना ९ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित मिति : Sunday, December 16, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal