×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आईएमई र दोहा बैंकबीच सम्झौता, बैंकका सबै शाखा तथा आईएमई र जिएमइबाट रेमिट्यान्स भुक्तानी लिन सकिने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ पुष २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

ग्लोबल आईएमई र दोहा बैंकबीच सम्झौता, बैंकका सबै शाखा तथा आईएमई र जिएमइबाट रेमिट्यान्स भुक्तानी लिन सकिने

काठमाडौं – ग्लोबल आईएमई बैंक र कतार स्थित दोहा बैंकबीच रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा दोहा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. आर. सीथारमन र ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले हस्ताक्षर गरेका छन् ।
कतारभर २७ शाखा कार्यालय लगायत विभिन्न १४ भन्दा बढि मुलुकहरुमा शाखा संजाल तथा प्रतिनिधि कार्यालय रहेको रेमिट्यान्स कारोबारको लागि उक्त दोहा बैंकसँग सम्झौता थियो । उक्त रेमिट्यान्स ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखाहरु तथा आईएमई र जिएमइका ९ हजार भन्दा बढि एजेन्ट मार्फत सजिलै भुक्तानी लिन सकिनेछ ।
ग्लोबल आईएमईले बैंकिङ्ग सेवाको पहुँच पुर्याउन विभिन्न स्थान शाखा, एक्सटेन्सन काउण्टर एवंम राजश्व संकलन काउण्टर तथा शाखा रहित बैंकिङ्ग सेवामार्फत आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे्रलिया, बेलायत र भारतमा प्रतिनिधि संस्थान कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान आएको छ ।
रेमिट्यान्सलाई प्राथमिकतामा राखी बिगत १० वर्षदेखि विभिन्न मुलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आइरहेको अग्रणी बैंकको रुपमा रहेको छ । यस बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउने कार्यमा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: