×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सञ्चालनमा आएको १ बर्षपछि बैंकको बेथानचोक शाखा उद्घाटन, स्थानीयको टिप्पणी, ‘मन्त्री त सस्ता भएछन्’

  • अर्थ सरोकार सम्बाददाता 
काभ्रे- ‘उद्घाटन’ अर्थात सुरु गर्ने काम । उद्घाटन गरेपछि बल्ल काम अगाडी बढ्नुपर्ने हो । तर उद्घाटनकै परिभाषालाई चुनौती दिंदै ग्लोबल आइएमइ बैंकको बेथानचोक साखा सञ्चालनमा आएको झन्डै एक बर्ष २ महिनापछि उद्घाटन भएको छ । गत आइतबार काभ्रे जिल्लाको बेथानचोकमा नयाँ शाखा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले उद्घाटन गरेका हुन् । अझ रमाइलो कुरा त के हो भने उद्घाटन कार्यक्रममा मन्त्री आउने भएपछी सीडीओ र गाउँपालिकाका अध्यक्षको दौडधुप पनि राम्रै देखिन्थ्यो । 
किन गरियो यस्तो ?
यस विषयमा हामीले बैंकका सूचना अधिकारी सुरेन्द्र राज रेग्मीसँग बुझ्ने प्रयास गरेका थियौं । तर बैंकको फर्जी नोट प्रकरणको समाचार बाहिर आएपछि उनी मिडियाको सम्पर्कमा छैनन् । तर बैंकका कतिपय अधिकारीको भनाइ बैंकले मन्त्रीको समय पर्खेको हो भन्ने छ । सो दिन मन्त्री बाँस्कोटा अन्य केहि कार्यक्रमहरु लिएर काभ्रे पुगेका थिए । यसैको मौका ग्लोबल आइएमइ बैंकले पनि छोप्यो । कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंक सुविधा सम्पन्न स्थानमा मात्र नभएर विकट क्षेत्रमा समेत पुगेर आफ्नो सेवा प्रदान गरिरहेको जानकारी दिंदै सबै वर्ग र क्षेत्रलाई बैंकिङ पहुँचमा ल्याउने बैंकको प्राथमिक उद्देश्य रहेको बताए । यहि कुरालाई लिएर बैंकले विभिन्न मिडियामा बैंकको बेथानचोक साखा खुल्यो भन्ने भ्रामक प्रेस रिलिज पठाएको छ ।
स्थानीय भन्छन्, ‘मन्त्री त सस्ता भएछन्’
राष्ट्रिय रुपमा खरो व्यक्तिका रुपमा चिनिएपनि काभ्रे बासी गोकुल बाँस्कोटालाई खुब सम्मान गर्छन् । नेता भनेकै गोकुल बाँस्कोटा हो भन्ने जमात पनि काभ्रेमा सानो छैन । तर १४ महिना अघि खुलीसकेको बैंकको उद्घाटनका लागि मन्त्री आफैं आएको थाहा पाएपछी स्थानीयले ‘मन्त्री सस्ता भएछन्’ भन्ने नमिठो प्रतिक्रिया दिएका छन् । ग्लोबल आइएमई बैंकले १३३ शाखा, १४१ एटीएम, ६ एक्सटेन्सन काउन्टर, १५ वटा राजस्व संकलन काउन्टर र ११० शाखारहित बैंकिङ सेवा, विदेशमा ३ प्रतिनिधि/सम्र्पक कार्यालय मार्फत आफ्ना ९ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले यस अघि नै उक्त साखा संचालनको जानकारी नेपाल राष्ट्र बैंकलाई दिइसकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: