×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकको ३ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ पुष २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

ग्लोबल आइएमई बैंकको ३ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

काठमाडौँ – ग्लोबल आइएमई बैंकले थप ३ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले पौष १० गतेदेखि नवलपरासी बर्दघाट–सुस्ता पूर्व जिल्लाको मध्यविन्दुनगरपालिका – १५, हर्बस्टारमा, पौष ११ गतेदेखि सोहीे जिल्लाकै कावासोतीनगरपालिका – १७, गोछडामा र पौष १२ गतेदेखि पाल्पाजिल्ला रम्भागाउँपालिका – १, हुँगीमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
यक्त तीन वटै शाखारहित बैंकिङ सेवाहरुको उद्घाटन स्थानीय जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीय वासीहरुको रोहवरमा भएको हो । हर्बस्टार र गोछडामा खोलिएको शाखारहित बैंकिङ सेवा बैंकको कावासोती शाखा र हुँगीमा खोलिएको शाखारहित बैंकिङ सेवा बैंकको तानसेन शाखाको मातहतमा रहने छन् । 
शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ सेवा लिन सक्नेछन । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा रकम झिक्ने र आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने ,कर्जाको व्याज भुक्तानी गर्ने, DISH HOME/CDMA/UTLsf को महसुल भुक्तानी गर्ने साथै, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् । 
हाल बैंकले १३३ शाखा, १४१ एटिएम, ७ एक्सटेन्सनकाउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ११५ शाखा रहित बैंकिङ सेवा र विदेशमा ३ प्रतिनिधि/सम्पर्क कार्यालय माफर्त आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरुलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: