पैसा ठिक पार्नुहोस् है ! गुराँस लघुवित्तको आइपीओ आउँदै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी !

काठमाडौं :  आइपीओमा लगानी गर्न इक्षा राख्नेहरुका लागि पढ्नै पर्ने खबर छ । गुराँस लगुवित्त वित्तीय संस्थाले आइपीओ जारी गर्ने भएको हो । आइपीओ जारी गर्ने अनुमति लिन कम्पनी धितोपत्र बोर्ड पुगेपछि यस्तो खबर सार्वजनिक भएको हो । संस्थाले  २ लाख ५० हजार कित्ता आइपिओ बिक्री गर्ने अनुमतिका लागि धितोपत्र बोर्डमा पुगेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । 

गुराँस लघुवित्तको केन्द्रीय कार्यालय धनकुटा जिल्लामा रहेको छ । यसले पूर्वका १० जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाएको छ । गुराँसले २२ वटा शाखा कार्यालयबाट सेवा पुर्याउँदै आएको छ । 

यसको अधिकृत पुँजी १० करोड रुपैयाँ र जारी पुँजी ७ करोड ७५ लाख रुपैयाँ छ । जारी पुँजीमध्ये ५ करोड २५ लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ । बाँकी पुँजी सर्वसाधारणलाई आइपीओ बेचेर पुर्याउन लागेको हो ।
प्रकाशित मिति : Thursday, December 27, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal