×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

होङ्शी शिवम् सिमेन्टको ताल पनि अर्खाखाँचीकै जस्तो, नापतौल विभागले परिक्षण गराउँदा ‘गुणस्तर फेल’ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- होङ्शी शिवम् सिमेन्टका स्किमहरु हेर्ने हो भने सार्है लोभलाग्दा छन् । सिमेन्ट किन्दा गोसाईकुण्डमा हेलिकोप्टरबाट घुम्न जानेदेखिका अनेकौं योजनाहरु उसले सार्वजनिक गरेको छ । तर नमच्चिने पिङको सय झड्का भनेजस्तै होङ्शी शिवम् सिमेन्ट भने गुणस्तरहीन पाइएको छ । सिमेन्ट गुणस्तरहीन पाइएपछी सरकारले सिमेन्ट उद्योगका नाममा गुणस्तरहीन प्रमाणित भएका नमुनाका ब्याचका सबै सिमेन्ट बजारबाट फिर्ता ल्याउन परिपत्रसमेत गरेको छ । यसरी कारवाहीमा पर्नेहरुमा होङ्शी शिवम् सिमेन्ट मात्र होइन यसअघि थुप्रै पटक गुणस्तरहीन प्रमाणित भइसकेको अर्घाखाँची सिमेन्ट पनि छ । यसरी परीक्षण गर्दा होङ्सी, गणपति र शुभश्री जगदम्बालगायतका सिमेन्ट पूर्ण रूपमा गुणस्तरहीन भेटिएको प्रवक्ता उपनिर्देशक रोमी मानन्धरले जानकारी बताइन । 
यसो त नापतौल विभागले २०७४ साउनदेखि ६ पुस २०७५ सम्ममा १५सम्म विभिन्न सिमेन्ट उद्योगमा गरेको अनुगमनका क्रममा पनि अर्घाखाँची सिमेन्ट र होङ्शी शिवम् सिमेन्टमा अत्याधिक लापरवाही भएको पाइएको हो । विभागले गुणस्तरहीन भन्दै यी सिमेन्टहरु खरिद नगर्न उपभोक्तालाई आग्रहसमेत गरेको छ । विभागले सिमेन्टमा हुनुपर्ने न्युनतम मापदण्ड पूरा नगरेको र सिमेन्ट गुणस्तरहीन रहेको भन्दै अर्घाखाँची र होङ्शी शिवम् सिमेन्ट दुवैलाई कारवाही गरेको हो । 
गुणस्तर तथा नापतौल विभागले सिमेन्टमा अधिकतम ५ प्रतिशतसम्म एमजिओ अर्थात् म्याग्नेसियम अक्साइडको मात्रालाई छुट दिएको भएपनि विभागले गरेको नमुना संकलन र परीक्षणका क्रममा यी सिमेन्टहरुमा एमजिओको मात्रा ५ दशमलब ८ प्रतिशतसम्म भेटिएको छ । यी सिमेन्टहरुमा पनि एमजीओको मात्रा बढी भएकाले तत्काल सुधार नगरे उत्पादन नै बन्द गराउने गरी चेतावनी पत्रसमेत दिएको छ । यसो त यसअघि दुइ पटक अर्घाखाँची सिमेन्टले पनि यस्तो चेतावनी पत्र पाएको भएपनि सिमेन्ट उद्योगलाई कुनै पनि कारवाही भएको छैन ।
विभागले अधिकतम पाँच प्रतिशतसम्म म्याग्नेसियम हुनुपर्नेमा नापजाँचका क्रममा त्योभन्दा बढी भएकाले सो सिमेन्ट गुणस्तरहीन भएको देखिएको र सो विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए । महानिर्देशक पुडासैनीले भने, ‘पाँच प्रतिशतभन्दा बढी म्याग्नेसियम भएको सिमेन्ट गुणस्तरको मानिँदैन ।’ आफ्नै ढुङ्गाखानी रहेको दाबी गरेर प्रचारबाजी गर्दै आएको शिवम् सिमन्ट उद्योगका कर्तुतहरु एकपछि अर्को गरी बाहिर आउने क्रम जारी छ । स्मरण रहोस् अर्थ सरोकार डटकमले यस अघि पनि सिमेन्ट कम्पनीका थुप्रै कर्तुतहरु सार्वजनिक गरिसकेको छ ।  केहि समाचार तल हेर्नुहोस् :
अर्घाखाँची सिमेन्टका यी कर्तुतहरु छुटाउनु भयो कि  ?  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: