×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विनोद चौधरीले रुवान्डामा खोलेको होटल लिलामीको तयारी , एक करोड ८० लाख डलर ऋण तिर्न बाँकी !

  • एजेन्सी 
नेपालका खर्वपति बिनोद चौधरीको कम्पनी चौधरी ग्रुपले रुवान्डामा लगानी गरेको एक होटल लिलाम हुने प्रक्रियामा गएको छ । शेयर सदस्यहरुबीच विवाद बढेपछि किगालीस्थित उबुम्वे होटललाई त्यहाँको केसीबी बैंकले लिलाम गर्ने तयारी गरेको हो । बैंकले गत सेप्टेम्बर महिनामै लिलामीको पत्र पठाईसेको रुवान्डाको संचारमाध्यम ‘एक अनलाइन न्यू’ टाइम्सले जनाएको छ । उक्त समाचार अनुसार  होटलले बैंकलाई एक करोड ८० लाख डलर ऋण तिर्न बाँकी छ । विनोद चौधरी नेपालका सबैभन्दा धनी व्यक्ति हुन् । उनी कांग्रेसको समानुपातिक सूचीबाट प्रतिनिधिसभा सांसद छन् ।
जिंक ब्रान्डअन्तर्गत त्यस होटललाई व्यवस्थापन गर्ने भनिएको थियो । ‘जिंक एन्ड फर्न’ चौधरी समूहको आफ्नै होटल ब्रान्ड हो । तर, त्यसअनुरुप काम हुन नसकेको स्रोतहरुलाई उद्धृत गर्दै द न्यू टाइम्सले लेखेको छ । ‘यसअघि चौधरी ग्रुपले होटललाई जिंक ब्रान्डमा चलाउनका लागि दुबई इन्टरनेशनल फाइनान्सीयल सेन्टरको मध्यस्थता खोजेको थियो । सेन्टरले पनि यसरी अगाडि बढेमा होटल फाइदामा जाने बताएको थियो तर त्यो कार्यान्वयन हुन सकेन,’ समाचारमा लेखिएको छ । यता रुवान्डा विकास बोर्डले पनि केसीबी बैंकले होटल लिलामी गर्ने जानकारी आफूलाई गराएको जनाएको छ ।
समाचारमा जनाइए अनुसार होटलसँग अवस्थामा दुई विकल्प छन् । पहिलो विकल्प होटल लिलामी गर्ने हो भने दोस्रो विकल्प भनेको नयाँ म्यानेजर नियुक्त गर्ने र त्यसलाई चलाउन दिएर ऋण तिरिसकेपछि शेयर सदस्यहरुलाई फिर्ता दिने हो । तर यी दुवै विकल्पमा अधिकार भने त्यहाँको कानुनअनुसार बैंकमा निहीत रहेको समाचारमा उल्लेख छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: