ज्योति विकास बैंक र ग्राण्डि इन्टरनेसनल हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकहरुलाई स्वास्थ्य सेवामा विशेष छुट

काठमाडौँ - ज्योति विकास बैंक लि. र ग्राण्डि इन्टरनेसनल हस्पिटल प्रा. लि., धापासी, काठमाण्डौं बीच सहकार्य सम्झौता भएको छ । बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस अस्पतालका स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सो सम्झौतामा यस बैंकका तर्फबाट बैंकका सहायक महाप्रबन्धक राम हरि आचार्य ज्यू र अस्पतालका तर्फबाट प्रमुख संचालन अधिकृत कोल. अम्रित खन्ना ज्यू ले हस्ताक्षर गर्नुभयो । यस बैंकका ग्राहकहरुले बैंकको ATM देखाई र बैंकका कर्मचारीहरुले बैंकको Identity Card  देखाइ यो सुविधाको लाभ लिन सक्नेछन् । 

हाल बैंकले ८२ वटा शाखा कार्यालय तथा २२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ८ वटा नयाँ शाखा तथा थप २७ स्थानमा ATM सञ्चालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट रु. २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १८.८० अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकाश बैकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु ३ अरब १० करोड पुग्नेछ । 
प्रकाशित : Friday, December 28, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal