×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ज्योति विकास बैंक र चिरायु नेसनल हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकहरुलाई स्वास्थ्य सेवामा विशेष छुट

काठमाडौँ – ज्योति विकास बैंक लि. र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट प्रा. लि., बसुन्धारा, काठमाण्डौं, बीच सहकार्य सम्झौता भएको छ । बैंकले आफ्नो सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस अस्पतालका स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सो सम्झौतामा यस बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक सुशील कुमार शर्मा ज्यू र अस्पतालका तर्फबाट हस्पिटल डाइरेक्टर सन्जिब राजभण्डारी ज्यू ले हस्ताक्षर गर्नुभयो । यस बैंकका ग्राहकहरुले बैंकको ATM देखाई र बैंकका कर्मचारीहरुले बैंकको Identity Card देखाइ यो सुविधाको लाभ लिन सक्नेछन् । 
हाल बैंकले ८२ वटा शाखा कार्यालय तथा २२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ८ वटा नयाँ शाखा तथा थप २७ स्थानमा ATM संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट रु. २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १९ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकास बैकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु ३ अरब १० करोड पुग्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: