ज्योति लाइफ इन्स्योरेन्सद्बारा मृत्यु दाबी रकम भुक्तानी

काठमाडौं - ज्योति लाइफ इन्स्योरेन्सद्बारा मृत्यु दाबी रकम भुक्तानी गरिएको छ । सोमबार कैलालीको घोडाघोडी नगरपालिका – ८ शिबपुरका बिमित स्वर्गीय सुरेश बहादुर शाहीको परिवारलाई घोडाघोडी नगरपालिका वडा नं ८ को कार्यालयमा एक कार्यक्रमका बीच मृत्यु दाबी रकम भुक्तानी गरिएको हो ।

घोडाघोडी नगरपालिका वडा नं ८ का वडाध्यक्ष भिम बोगटि तथा ज्योति लाईफ इन्स्योरेन्सका प्रबन्धक देशराम चौधरीले बिमित स्वर्गीय शाहीका श्रीमती दुर्गा देवि शाहीलाई ५ लाखको चेक हस्तान्तरण गर्नु भएको ज्योति लाईफ इन्स्योरेन्स सुखड शाखाका प्रमुख टेक राज आचार्यले जानकारी दिनुभयो ।

२०७५ जेष्ठ २८ गते ५ लाखको बिमा गर्नुभएका शाहीको २०७५ कार्तिक ४ गते हृदयाघातका कारण ज्यान गएको थियो ।
प्रकाशित : Tuesday, December 18, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal