×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ज्योती बिकास बैंक र ओम हस्पिटलबीच सम्झौता, बैंकका ग्राहक तथा कर्मचारीले स्वास्थ्य सेवामा विशेष छुट पाउने

काठमाडौं – ज्योति विकास बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर बिच सहकार्य गर्ने सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फ बाट बैंकका नायव महाप्रबन्धक शुशिल कुमार शर्मा र अस्पतालका तर्फबाट प्रबन्ध सञ्चालक बाबु काजी कार्कीले हस्ताक्षर गरेका छन् ।
बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई ओम अस्पतालमा स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौता भए सँगै बैंकका ग्राहकहरुले बैंकको एटिएम कार्ड देखाई र बैंकका कर्मचारीहरुले बैंकको देखाइ परिचय पत्र देखाई यो सुविधाको लाभ लिन सक्नेछन् ।
हाल बैंकले ८२ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: