×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एकपछि अर्को : कैलाश बिकास बैंकमा राजीनामाको लर्को !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – कुनै बेला कैलाश बिकास बैंकको सान फरक थियो । तर पछिल्लो समय बैंकमा आइपरेका लफडा, संचालकको निरन्तरको किचकिच र अमृतचरण श्रेष्ठको आफ्नै पाराको काम गराईबाट असन्तुष्ट हुँदा ‘स्टाफ टर्नओभर’ ह्वात्तै बढेको छ । कुनै बेला निकै कम मात्र कर्मचारीले छोड्ने बैंकका रुपमा चिनिएको कैलाश बिकास बैंकमा सीइओले आफ्नै पारामा कर्मचारीहरु भर्ती गर्न थालेपछि र आफुखुसी विभिन्न कर्मचारीहरुलाई ट्रान्सफर गर्न थालेपछि बैंक छोड्ने कर्मचारीहरुको संख्या ह्वात्तै बढ्न थालेको छ । 

यो पनि पढ्नुहोस् :


भकाभक बैंक छोड्दै कर्मचारी !
पछिल्लो समय अपरेसन विभाग प्रमुख बिमल तिमिल्सीनाले बैंक छोडेका छन् । उनलाई बैंक छोडाउनकै लागि सीइओ अमृतचरण श्रेष्ठको निर्देशनमा काठमाडौँ बाहिर ट्रान्सफर गराइएको थियो । तर सीइओको नियत बुझेपछि उनले आफैंले बैंकबाट राजीनामा दिइसकेका छन् । यसअघि अर्थ सरोकारसँग कुराकानी गर्दै उनले आफु अव कैलाश बिकास बैंकमा नरहने बताएका थिए । यसअघि सीइओ अमृतचरण श्रेष्ठको नियुक्तिसँगै जागिर छाड्नेमा तत्कालीन कम्पनी सचिव तथा सहायक महाप्रबन्धक गंगाधर पराजुली, आईटी विभाग प्रमुख तथा सहायक महाप्रबन्धक रामचन्द्र पौडेलले जागिर छोडेका थिए । अर्थ सरोकार डटकमलाई बैंकको उच्च स्रोतले दिएको जानकारी अनुसार अहिले पनि थुप्रै कर्मचारीहरु र त्यसमा पनि राम्रा कर्मचारीहरुले बैंक छोड्ने तयारी गरेका छन् । 

यो पनि पढ्नुहोस् :
कैलाश बिकास बैंकको सुन्दै अचम्म लाग्ने अनियमितता प्रकरण अख्तियार पुग्यो, प्रमाणित भए कस्तो सन्देश जाला ?

स्टाफ टर्नओभर अत्याधिक ! 
बैंकमा सीइओका राइट ह्याण्डका रुपमा चिनिने कृष्णगोपाल मानन्धरलेसमेत बैंक छोड्ने भएका छन् । उनी पाको उमेरका भएर पनि बैंकमा रहेको भन्दै विवादित बनेका थिए । उनलाई राख्नकै लागि बैंकमा खासै प्रचलनमै नहुने पद दिइएको छ । उनी करारे कर्मचारी हुन् । ह्युमन रिसोर्स विभागकि हेड बन्दना शर्माले पनि यहि माघ १ गतेदेखि लागू हुनेगरी आफ्नो पदबाट राजीनामा दिइसकेकी छिन् । उनले अर्को एक बैंकको अफर लेटरसमेत लिइसकेकी छिन् । उनीमात्र होइन बैंकमा कार्यरत डेपुटी म्यानेजर सुशीला श्रेष्ठले पनि माघ १ गतेदेखि बैंक छोड्नेगरी राजीनामा दिएकी छिन् । अझ रमाइलो कुरा त के छ भने बैंकमा करिव १ चौथाई ब्रान्च मेनेजरहरु अर्को बैंकको अफर लेटर लिने, र बैंकबाट राजीनामा दिने तरखरमा छन् । बैंकका कतिपय शाखा प्रबन्धकहरू महालक्ष्मी विकास बैंक गएका छन् भने कतिपय ब्रान्च मेनेजरहरु अन्य वाणिज्य बैंकमा गएका छन् ।
यो पनि पढ्नुहोस् :


(आगामी अंकमा हामी कैलाश बिकास बैंकमा राष्ट्र बैंकको इन्सपेक्सन विषयमा खास सामाग्री लिएर उपस्थित हुनेछौं । अर्थ सरोकार डटकम हेर्दै रहनुहोला ।)  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: