×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलाश विकास बैंकले ल्यायो नयाँ निक्षेप योजनाः मुद्धती निक्षेपमा १२.५ प्रतिशत व्याज दिने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ मंसिर २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

कैलाश विकास बैंकले ल्यायो नयाँ निक्षेप योजनाः मुद्धती निक्षेपमा १२.५ प्रतिशत व्याज दिने

काठमाडौँ –  कैलाश विकास बैङकले १.५ गुणा मुद्धती निक्षेप योजना सार्वजनिक गरेको छ । उक्त योजनामा सहभागी निक्षेपकर्ताले जम्मा गरेको निक्षेपको ३ वर्ष ३ महिनामा डेढ गुणा रकम प्राप्त गर्न सक्ने बैङकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।
एक लाखको न्युनतम मौज्दातमै यो निक्षेप योजनामा सहभागी हुन सकिने बैंकले बताएको छ । साथै, बैंकले कैलाश स्पेशल फिक्स डिपोजिट योजना पनि ल्याएको छ । जसमा संस्थागत निक्षेपकर्ताका लागी ११.७५प्रतिशत र व्यक्तिगत निक्षेपकर्ताका लागी १२.५० प्रतिशत व्याज दिइनेछ भने निक्षेप अवधी १ देखि ३ वर्ष रहने छ । यी निक्षेप योजनाहरु सिमित अवधीका लागी मात्र रहने बैंकले जनाएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: