×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्पन्न

काठमाडौँ – कैलालीको लम्की चुहा स्थित किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन सुदुरपश्चिम प्रदेशको कृषि, भुमी व्यवस्थापन तथा सहकारी मन्त्री बिनिता चौधरीले गरिन ।
नेपाल सरकारले अघि सारेको ३ खम्बे अर्थनिति अन्तर्गत सहकारी आर्थिक बिकासको मूख्य मेरुदण्ड रहेको धारणा राख्दै मन्त्री चौधरीले आगामी दिनमा प्रदेश सरकारले यस क्षेत्रको बिकासमा विशेष ध्यान दिईने बताईन । सहकारीहरुलाई कृषि,पर्यटन लगायतका कार्यमा प्रोत्साहन गर्न आफुले समन्वयकारी भुमीका खेल्ने र प्रदेश भित्र रहेका उत्कृष्ट कार्य गर्ने सहकारीहरुलाई पुरस्कृत गर्ने धारणा ब्यक्त गरिन । संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाहको सभापतित्वमा सम्पन्न साधारण सभामा प्रदेश सभा सदस्य रतन बहादुर थापा तथा लम्कीचुहा नगरपालीकाको प्रमूख महादेव बजगाईं  बिशिष्ट अतिथि रहनु भएको थियो । कार्यक्रममा संस्थाका महा–प्रबन्धक डम्बर बहादुर शाहले बार्षिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदन पेश गर्दै महा–प्रबन्धक शाहले संस्थाले आ.व. २०७४/०७५ मा २९ करोड ४५ लाख ६९ हजार ६ शय १८ रुपैयाँ पुँजीकोष तथा १ अर्ब १५ करोड ९९ लाख ७८ हजार ३ शय १७ रुपैंया बचत संकलन गरेको जाकारी दिए । यसै गरि सोहि अवधिमा संस्थाले १ अर्ब ८८ करोड १२ लाख २१ हजार कर्जा लगानी गरि ७ करोड ३५ लाख ५१ हजार ९ शय त्रियासी रुपैयाँ खुद आम्दानी गरेको संस्थाको प्रतिवेदनमा उल्लेख छ । 
सभामा संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाहले संस्थाको भावी योजना सम्बन्धी प्रतिवेदन समेत पेश गरिएको थियो । कैलालीको लम्कीमा केन्द्रिय कार्यालय रहेको उक्त सहकारीको २ ईलाका र २१ शाखा कार्यालय रहेका छन । ५० हजार ३ शय सदस्य रहेको संस्थामा १५७ जना कर्मचारी कार्यरत छन । साधारण सभाको अवसरमा संस्थाले उत्कृष्ट कारोबार गर्ने सदस्य, उत्कृष्ट कर्मचारी तथा गत बर्षको SEE परिक्षामा उत्कृष्ट GPA प्राप्त गर्ने छात्र/छात्रा लाई सम्मान तथा सोहि अवधिमा दिवंगत भएका शेयर सदस्यहरुको परिवारलाई जनही नगद रु २५०००। मृत्युलाभ स्वरुप प्रदान गरिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: