कुमारी बैंकले गर्यो १२.७५% बोनस सेयर दिने घोषणा, अव कति पुग्छ चुक्ता पुँजी ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - कुमारी बैंकले १२.७५% बोनस सेयर दिने घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७३/७४को हाल कायम चुक्ता पुँजीको १२.७५% बोनस सेयर दिने निर्णय गरेको हो । 

प्रस्तावित बोनस स्वीकृतिका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गर्ने बैंकले जनाएको छ । बैंकको चुक्ता पुँजी ७ अर्ब १६ करोड ३० लाख ५५ हजार ४७३ रुपैयाँ रहेको छ । उक्त बोनसपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ७ करोड ६३ लाख ४५ हजार ४६ रुपैयाँ पुग्नेछ । 

यस्तै, कुमारीले ४ वटा संस्थालाई गाभेर एकीकृत कारोबार गरेको मिति २०७४ असार १६ गतेदेखि २ वर्षभित्र गाभिएको अवस्थामा कायम सेयरधनीलाई कर नलाग्ने भएकाले छुट्टै नगद लाभांशको व्यवस्था नगरिएको जनाएको छ । बैंकले तत्कालीन पश्चिमाञ्चल फाइनान्स तथा काँक्रेविहार, महाकाली र काष्ठमण्डप विकास बैंकलाई गाभेको थियो । 

प्रकाशित : Monday, December 03, 2018

recent

Popular Posts