लक्ष्मी लघुवित्तको २६.३२% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ एजिएम ?

लाष्ट रिमाइन्डर : 
कम्पनी : लक्ष्मी लघुवित्त वित्तीय संस्था
लाभांश : २६.३२% नगद लाभांश
बुक क्लोज : बुधबार (मंसिर १९ गते)
सुरक्षित गर्ने अन्तिम मिति : आज (मंसिर १८ गते, मंगलबार)

विशेष साधारण सभा :  पुस १ गते

विवरण :
लक्ष्मी लघुवित्त वित्तीय संस्थाको २६.३२% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज मंसिर १९ गतेदेखि साधारण सभा हुने दिनसम्म हुनेछ । बुक क्जोज हुनुभन्दा अघि कायम सेयरधनीले मात्र नगद लाभांश पाउने छ ।

साधारण सभाका प्रस्ताव : 
२६.३२% नगद लाभांश दिने,
अन्य कुनै लघुवित्तलाई एक्वायर गर्नुपर्ने भएमा एक्विजिसन प्रक्रिया पूरा गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने
प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने

विशेष साधारण सभा हुने स्थान र समय :
अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २४ करोड २० लाख रुपैयाँ
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ३१ लाख २६ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ३८ रुपैयाँ २३ पैसा
प्रतिसेयर नेटवर्थ : १९२ रुपैयाँ ९० पैसा ।
प्रकाशित : Tuesday, December 04, 2018

recent

Popular Posts