×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंकको १०% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ एजिएम ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ पुष २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

माछापुच्छ्रे बैंकको १०% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ एजिएम ?

लाष्ट रिमाइन्डर : 
कम्पनी : माछापुच्छ्रे बैंक
लाभांश : १०% नगद लाभांश
बुक क्लोज : शुक्रबार (पुस ६ गते)
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (पुस ५  गते, बिहिबार)
विशेष साधारण सभा : पुस २० गते 
विवरण :
माछापुच्छ्रे बैंकको १०% नगद लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन हो । पुस २० गते हुने वार्षिक साधारण सभाको लागि बैंकले शुक्रबारदेखि बुक क्लोज गर्दैछ ।
साधारण सभाका प्रस्ताव : 
१०% नगद लाभांश दिने,
बैंक तथा वित्तीय संस्थासँग गाभ्ने–गाभिने (मर्जर वा प्राप्ति) विषयमा छलफल गर्न ।
वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल–अलच सम्पति र दायित्व तथा कारोबारको मूल्यांकनलगायत सम्पूर्ण कामका लागि सञ्चालक समितिलाई अख्तियारी दिने ।
सञ्चालक समितिमा सर्वसाधारण समूहका सेयरधनीहरुको तर्फबाट कम्तिमा १ जना महिला सञ्चालक रहने विशेष प्रस्ताव लैजाँदै ।
बैंकले आफैं वा सहायक कम्पनी स्थापना गरी जीवन बिमा, निर्जीवान बिमा, भेन्चर क्यापिटल, हेज फन्ड, सेयर ब्रोकर मर्चेन्ट बैंक, क्रेडिट रेटिङ लगायत काम गर्ने ।

विशेष साधारण सभा हुने स्थान र समय :

होटल पोखरा ग्रान्ड पार्दि, पोखरा कास्कीमा बिहान ११ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ५ करोड ५६ लाख ९३ हजार रुपैयाँ
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ३७ करोड १६ लाख ९२ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : १८ रुपैयाँ ४६ पैसा
प्रतिसेयर नेटवर्थ : १३३ रुपैयाँ ३६ पैसा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: