×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

शाखा विस्तारमा अघि बढ्दै माछापुच्छ्रे बैंक, एकैसाथ ३ नयाँ शाखा सञ्चालनमा

काठमाडौँ – माछापुच्छ्रे बैंकका ३ नयाँ शाखा विस्तारबैंक लिमिटेडले ३ नयाँ शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । बैंकले मंसिर २१गते मकवानपुरको हेटौंडा उप–महानगरपालिका स्थित हेटौंडा, चितवनको इच्छा कामना गाउँपालिका र चितवनकै कालिका नगरपालिकामा नयाँ शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो ।
हेटौंडा शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक जय मुकुन्द खनाल र हेटौंडा उप–महानगरपालिकाका मेयर हरि बहादुर महतले संयुक्त रुपमा गरे । त्यसै इच्छाकामना शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक राममान श्रेष्ठ ,इच्छाकामना गाउँ पालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ र कालिका शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक गोपीकृष्ण न्यौपाने र कालिका नगरपालिकाका मेयर खुम नारायण श्रेष्ठले सयुक्त रुपमा गरे । 
बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टर, १०६ वटा एटीएम लगायत ३८ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १२६ स्थानवाट आफ्ना ग्राहकवर्यहरुलाई बैंकिङ सेवा उपलब्ध गराउदै आइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: