×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मध्य भोटेकोशीको आईपिओ बाँडफांड, तपाईंलाई कति पर्यो ? (अर्थ सरोकारमा हेर्नुहोस् नतिजा)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- मध्ये भोटेकोशी जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओ  बुधबार बाँडफांड भएको छ। बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको संयोजनमा बुधबार दिउँसो ३ बजे धुम्बाराहीको स्मार्ट क्याफेमा शेयर बाँडफांड भएको हो ।

कम्पनीले संचयकर्ताको लागि १ करोड १७ लाख कित्ता शेयर निष्काशन गरेको हो । यसमा कम्तीमा ५० कित्तादेखि ५ सय कित्तासम्मका लागि आवेदन गर्न सक्ने ब्यबस्था थियो । यस समुहमा १ लाख ३९ हजार ७ सय ७८ जना योग्य आवेदक रहेको क्यापिटलले जनाएको छ। जस अनुसार ९० कित्तासम्म आवेदन दिनेले माग अनुसार कै शेयर पाएका छन् । १०० देखि ५०० कित्ताको लागि आवेदन दिनेले पनि ९० कित्ता नै पाएका छन् । तर १०० देखि ५०० कित्तासम्मको लागि आवेदन दिने मध्येबाट गोलाप्रथाद्वारा ४ हजार ५ सय ४३ जनाले थप १० कित्ता शेयर पाएका छन् । यसरी संचयकर्ताले अधिकतम १०० कित्तासम्म शेयर पाएका छन् ।

तपाईंलाई कति पर्यो त मध्येभोटेकोशीको आइपीओ ? नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।  नतिजा प्रकाशित हुनेबितिकै कम्पनीको नाम मध्ये भोटेकोशी भनेर देखिन्छ ।  पहिलो नतिजा अर्थ सरोकारमा प्रकाशित हुनेछ। आइपीओ नतिजाको पेज रिफ्रेश गर्दै रहनुहोला। 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: