×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शाखा विस्तारमा अघि बढ्दै महालक्ष्मी विकास बैंक, एकैसाथ ४ नयाँ शाखा सञ्चालनमा

काठमाडौँ – महालक्ष्मी विकास बैंकले आफ्ना शाखाहरू देशभर विस्तार गरी बैंकिङ सेवा उपलब्ध गराउने क्रममा बिहीबार तथा शुक्रबार थप चार शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ । बैंकले बिहीबार दुई नयाँ शाखा कार्यालयहरू क्रमशः रुपन्देही जिल्ला, ओम सतिया गाउँपालिका–१, स्थित ठुटीपीपल शाखा तथा रुपन्देही जिल्ला, रोहिणी गाउँपालिका–३ स्थित धकधई शाखा स्थापना गरी बैंकिङ कारोबार सञ्चालनमा ल्याएको छ ।
 
यसैगरी शसक्रबार बैंकले काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका–७ स्थित चाबहिल शाखा तथा धनुषा जिल्ला, जनकपुर उपमहानगरपालिका–४, स्थित जनकपुर शाखा कार्यालयबाट पनि बैंकिङ सेवा उपलब्ध गराएको छ । उल्लिखित शाखाहरू सञ्चालनमा आएपश्चात् बैंकको कुल शाखा संख्या ८९ पुगेको बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: