×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मञ्जुश्री फाइनान्सलाई ‘कारवाही’का लागि नियामक गुहार्दै नेप्से, सूचीकरण नै स्थगन हुने सम्भावना अधिक !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – लाभांश दरमा फट्याई गरेको मञ्जुश्री फाइनान्सलाई कारवाहीका लागि नेप्सेले नियामक धितोपत्र बोर्डलाई पत्राचार गरेको छ । कम्पनीले लाभांश दरमा नियोजित रुपमा परिमार्जन गरी संस्थागत रुपमै इन्साइडर ट्रेडिङ गरेको दाबीसहित नेप्सेले कम्पनीमाथि कारबाहीको माग गर्दै नियामक धितोपत्र बोर्डलाई पत्राचार गर्ने भएको हो । संस्थागत सुशासन सम्बन्धि यस्ता घटनाहरु दिनानुदिन बढ्न थालेपछि नेप्सेले यस्तो ‘एक्सन’ लिने भएको हो । मञ्जुश्री फाइनान्सलाई आवश्यक कारबाहीका लागि धितोपत्र बोर्डमा लिखित सिफारिस गर्न लागिएको नेप्सेको प्रवक्ता मुराहरि पराजुलीले पुष्टी गरे । उनले पत्र तयार भएको र केहि प्रक्रियागत काम सकेपछी बोर्डलाई पत्र पठाउँने तयारी भएको स्पष्ट पारे । 
यो नियमलाई टेकेर सूचीकरण नै स्थगन गर्नेबारे बहस सुरु :
धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ मा धितोपत्र कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशील सूचना तथा जानकारी सम्झौतामा उल्लिखित समयमा धितोपत्र बजारमा पेश नगर्नुलाई ‘गैरकानूनी’  भनिएको छ । मञ्जुश्री फाइनान्सले गरेजस्तै धितोपत्र बजारलाई गलत सूचना दिएमा वा पटक–पटक सूचना परिवर्तन गरेमा त्यो पनि ‘गैरकानूनी’ काम हुने आशय नियमावलीमा छ । यस्तो काम गर्ने  सूचिकृत संगठित संस्थाको धितोपत्रको सूचिकरण स्थगन गर्न सकिने व्यवस्था पनि स्पष्ट रुपमा नियमावलीमा छ ।मञ्जुश्री फाइनान्सले २ पटक लाभांशको छुट्टाछुट्टै सूचना जारी गरेको थियो । जसका कारण उक्त कम्पनीको बजार मूल्यसमेत प्रभावित भएको थियो।  
मञ्जुश्री फाइनान्सको लाभांश प्रकरणमा अर्थ सरोकारको फलोअप सिरिज 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: