×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

इन्धनमा दोहोरो सुविधा लिइरहेका मन्त्रीलाई ‘थाहै भएन’, हेर्नुहोस् कुन मन्त्रीले के भने ? (भिडियोसहित)

 

काठमाडौँ- सरकारका मन्त्रीहरुले आफुहरुका बारेमा अनर्गल प्रचार गरेर तेजोबध गर्ने काम गरेको भन्दै संचारमाध्यमको चर्को आलोचना गरेका छन् ।  इन्धनका नाममा सरकारका मन्त्रीहरुले दोहोरो सुविधा लिएको भन्ने समाचार सार्वजनिक भएपछि मन्त्रीहरुले त्यसको प्रतिकार गरेका हुन् । उनीहरुले मन्त्रीका लागि दिईने सुविधा अनुसार सरकारको नियम भित्र बसेर मात्रै आफुहरुले सुविधा लिएको भन्दै उनीहरुले अनर्गल प्रचारबाजीमा नआउन समग्र संचारमाध्यमलाई आग्रह गरे । 
धुमबराहीमा विहिबार बसेको नेकपाको स्थायी समिति बैठकपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उर्जा जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले आफुले विद्युतीय सवारी साधन चलाउने भएकाले इन्धनवापतको सेवा नलिएको दाबी गरे । उनले मन्त्रीकाबारे अनर्गल प्रचावाजीमा नलाग्न संचारजगतलाई आग्रह पनि गरे । बैठकमा सहभागी मन्त्रीहरुले पनि आफुहरुले इन्धनबापतको दोहोरो सुविधा नलिएको धारणा राखेको भन्दै उनले संचारमाध्यममा आएको समाचारमा सत्यता नभएको दाबी गरे । त्यसैगरी उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मात्रिका यादवले पनि आफुले इन्धनबापतको सुविधा नलिएको दाबी गर्दे मन्त्रालयमा आएर बुझ्न चुनौतिदिए ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको २४ सदस्यीय मन्त्रीमण्डलमा २३ मन्त्रीले इन्धनमा दोहोरो सुविधा लिएको , स्वकीय सचिवलाई गैहकानुनी रुपमा गाडी र इन्धन दिलाएको समाचार सार्वजनिक भएपछि यो विषयले नेकपाको स्थायी कमिटी बैठकमा प्रवेश पाएको थियो । प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा शुन्य सहनशिलताको कुरा गर्ने र उहाँकै नेतृत्वको मन्त्रीमण्डलमा सहभागी मन्त्रीहरुले दोहोरो सुविधा लिएर राज्यको ढुकुटी रित्याउने काम गरेको भन्दै मन्त्रीहरुको चौतर्फी आलोचना भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: