×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुष ४ गते बुधबारको ‘मार्केट समरी’ : साथमा दिनभरका बजार अपडेट, बजार मनोविज्ञानको विश्लेषण र टिप्स !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ पुष २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

पुष ४ गते बुधबारको ‘मार्केट समरी’ : साथमा दिनभरका बजार अपडेट, बजार मनोविज्ञानको विश्लेषण र टिप्स !

बुधबारको ‘मार्केट ओभरभ्यू’ 
केहि दिन निरन्तर उकालो लागको नेप्से परिसूचक बुधबार ‘रातो’ भएर बजार बन्द भएको छ । अर्थात बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बुधबार नेप्से परिसूचक ५.४६ अंकले घटेको छ । यो घटाईसँगै नेप्से परिसूचक ११६२.७० विन्दुमा आइपुगेको छ । मंगलबारको तुलनामा बुधबारको बजार घटाई ०.४७ प्रतिशत हो । बुधबार नेप्से परिसूचकसँगै सेयर करोबारको रकममा पनि गिरावट आएको छ । मंगलबार कुल ५३ करोड २३ लाख माथिको कारोबार भएको बजारमा बुधबार भने ३८ करोड ७२ लाख ९२ हजार ९०८ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकमका आधारमा नेपाल लाइफ इन्सुरेन्स कम्पनी अघि आएको छ । नेपाल लाइफको ३ करोड ५२ लाख भन्दा बढीको सेयर कारोबार भएको हो । यस्तै, एनएमबि बैंक दोस्रो र नेपाल इन्भेष्टमेन्ट बैंक तेस्रो भएका छन् ।
बुधबारको मार्केट हाइलाइट्स 
  • बुधबार कुल १५८ कम्पनीको ३८ करोड ७२ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।
  • १३ लाख २ हजार ८२२ कित्ता सेयर किनबेच भएका छन् । 
  • करोबार भएका १० वटा समूहमध्ये ४ वटा हरियो भएका छन् । अर्थात बढेका छन् ।
  • कारोबार भएका समूहहरुमध्ये सबैभन्दा बढी निर्जीवन बिमा समूह १७.६९% ले बढेको छ । 
  • वाणिज्य बैंक समूह ८.६५ अंकको घटेको छ । 


बुधबारको बजार मनोविज्ञान 

  • केही दिनअघिदेखि बजार निरन्तर बढेको थियो । यसले बढेको बजारबाट नाफा बुक गर्न बुधबार ‘सर्ट-टर्म ट्रेडर’हरु सक्रिय देखिएका छन् । जसको कारण बजारमा प्रेसर बढेको देखिन्छ । 
  • मंगलबार १४.६१ अंकले बजार घटेपछि लगानीकर्ताको केहि समूहमा ‘अव बजार ओरालो लाग्यो जस्तो छ’ भन्ने मनोविज्ञानलेसमेत काम गरेको छ । यसका कारण बजारको एउटा समूह बुधबार बजारमा मौन बसेको देखिन्छ । 
  • सेयर लगानीकर्ताद्वय अनसनमा बसेको बिषयले पनि कै नै कतै लगानीकर्ताहरुको मनोविज्ञानमा प्रभाव पारेको छ । यसकै कारण केहि लगानीकर्ताहरु पर्ख र हेरको सिद्धान्तमा अडिएको देखिन्छ । 
  • सोमबारसम्म केहि दिन यता निरन्तर बजार बढ्दा केहि कम्पनीहरुको भाउ बढेको छ । यसलाई केहि लगानीकर्ताहरुले अवसरका रुपमा लिएर नाफा बुक गरिसकेका छन् । 
  • ब्याजदरको लिगलिगे दौडले पनि लगानीकर्ताको मनोविज्ञानलाई प्रभाव पारेको देखिन्छ । बजारमा ठुला बैंकहरु नै यो प्रतिष्पर्धामा उत्रिएपछी बजार अझ घट्छ भन्ने अनुमानले धेरै लगानीकर्ताहरु मौन बसेको देखिन्छ । 
बुधबार बजारमा मुख्य-मुख्य के के घटनाक्रम भए ?
  • अपि पावर कम्पनीले साधारणसभा बोलायो । बुक क्लोज मिति पनि तोक्यो। 
 क्यानडलमा हेरौँ नेप्से चार्ट :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: