×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यस्तो पनि दिन आयो… ! मेगाको एसिष्टेन्ट तहमा क्वालिफाईड सिए र सेमी-क्वालिफाईडलाई एउटै भ्याकेन्सी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपालमा सिएको स्कोप घटीरहेको चर्चा चलिरहेका बेला मेगा बैंक लिमिटेडको ‘विंङ’ मेगा क्यापिटल मार्केट्सले सिए पास नभएका सेमी क्वालिफाईड र पास भएका सिएहरुका लागि उही भ्याकेन्सी निकालेको छ । त्यो पनि एसिष्टेन्ट तहमा । यस्तो भ्याकेन्सीले एकातर्फ पास भएकाहरुको बेइज्जत गरेको छ भने अर्कोतर्फ नेपालमा सिएहरुको माग कुन तहमा गिर्दैछ भन्ने पनि देखाएको छ ।
मेगा बैंकमा केहि समय अगाडी आइक्यानको काउन्सिल सदस्य रहेका महेश शर्मा ढकाल ‘थर्ड म्यान’ थिए । उनले बैंक छोडेर ग्लोबल आइएमइ बैंक जाने वित्तिकै आएको यस्तो भ्याकेन्सीलाई अर्थपूर्ण रुपमा हेरिएको छ । अझ अचम्मको कुरा त के हो भने केहि समय अगाडी बैंकमा कार्यरत केहि सिएहरुलाई मेगा बैंकले प्रमोसन गरिदिएको थियो । त्यसपछी आएको यो भ्याकेन्सी अहिले नेपाली सिए क्षेत्रमा विवादित बनेको छ ।
हामीले यस विषयमा बुझ्न मेगा बैंकमा कार्यरत र नेपाल चार्टड एकाउन्टेन्ट्स संघमा कार्यकारी समितिको सदस्यसमेत रहेका, धेरै सिएहरुका विश्वास पात्र मानिएका सन्दीप बाबु पौडेललाई सम्पर्क गरेका थियौं । सुरुमा उनले आफु एचआरमा नभएको, मेगा क्यापिटल मार्केट्समा स्वतन्त्र व्यवस्थापन भएकाले आफ्नो त्यसमा भूमिका नरहेको भन्दै बाङ्गो-बाङ्गो जवाफ दिए । तर सिएका नेता भएपछी यसरी जिम्मेवारीबाट पन्छिन मिल्छ र ? भन्ने आशयको हाम्रो प्रश्नपछी उनले यस विषयमा बुझ्ने र त्यसलाई सच्याउन लाग्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
पछिल्लो समय निकै आश गरिएका व्यक्तिबाट नै सिएलाई लक्षित गरेर निकालिएका कमजोर भ्याकेन्सी सच्याउने काममा पहल हुन सकेको छैन । यसअघि ग्लोबल आइएमइ बैंकले मेनेजमेन्ट ट्रेनीमा सिए मागेको थियो । मेगा बैंकबाटनै उक्त बैंकमा डेपुटी सीइओ भएर गएका सिए महेश शर्मा ढकालले त्यसलाई सच्याउने बाचासमेत गरेका थिए । तर उनले त्यो भ्याकेन्सी सच्याउन सकेका छैनन् । बैंकको डेपुटी सीइओ भएर र आइक्यानको काउन्सिल सदस्य हुँदासमेत यसरी सिएका नेताहरु निकम्मा बनेका छन् भने सन्दीपबाबु पौडेलजस्ता भर्खरका नेताबाट खास ठुलो आस राख्नु पनि सान्दर्भिक नहुने धेरैको बुझाइ छ । यसअघि नबिल बैंकले मेनेजमेन्ट ट्रेनीमा सिए माग्दा उक्त भ्याकेन्सी सच्याउन आइक्यानले पहल गरेको थियो भने त्यसअघि ग्लोबल आइएमइ बैंकले यस्तो भ्याकेन्सी निकाल्दा आइक्यानका तत्कालीन अध्यक्ष प्रकाश जंग थापाले आफैं बैंकसंग कुरा गरेर उक्त भ्याकेन्सी सच्याएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: