×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मिसन डेभलपमेन्ट बैंकको ११% बोनस सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारणसभा ?

लाष्ट रिमाइन्डर : 
कम्पनी : मिसन डेभलपमेन्ट बैंक
लाभांश : ११% बोनस 
बुक क्लोज : पौष १२ गते, बिहिबार 
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (पौष ११, बुधबार)
विशेष साधारण सभा : पौष २६ गते 
विवरण :
मिसन डेभलपमेन्ट बैंकको ११% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज बिहीबार (पुस १२ गते) देखि पुस २६ गतेसम्म हुने भएको छ । बैंकले बोनसमा ५ करोड ७१ लाख २० हजार ८२२ रुपैयाँ खर्च गर्न लागेको हो । बोनस सेयरमा लाग्ने कर तिर्न ३० लाख ६ हजार ३५९ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पेश हुनेछ ।
साधारण सभाका प्रस्ताव :
११% बोनस सेयर दिने ।
नियमावली अनुसार संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने ।
कुनै बैंक तथा वित्तीय संस्था गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने ।
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन सहित २०७५ असार मसान्त सम्मको वासलात लगायत अन्य प्रतिवेदन पारित गर्ने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
विशेष साधारण सभा हुने स्थान र समय :
द दरबार लन प्रालिको सभाहल, तिलोत्तमा–३ योगीकुटी रुपन्देही ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ५१ करोड ९२ लाख ८० हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ५७ करोड ६४ लाख रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: