×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

साँच्चै आउला त काठमाडौँमा मोनोरेल ? डिपीआर तयार पार्ने समझदारीमा भयो हस्ताक्षर ! (भिडियो रिपोर्ट)

काठमाडौँ- काठमाडौंको चक्रपथमा मोनोरेल संचालनका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पार्ने जिम्मेवारी चाईना रेल वे २५ औं व्यूरो ग्रुप कम्पनी (सीआरसीसी) लाई दिइएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र सीसीआरसीका प्रमुख झ्यू ग्वाङबीङबीच काठमाडौंको चक्रपथमा मोनोरेल संचालनका लागि डिपीआर तयार पार्ने सहमति पत्रमा हस्ताक्षर भएको हो । एक वर्ष भित्र डिपीआर तयार पारीसक्ने गरी समझदारी गरिएको काठमाडौं महानगरपालिकाका मेयर शाक्यले जानकारी दिएका छन् । ३ वर्षभित्र सो रेल सेवा काठमाडौं र ललितपुर महानगरपालिकाभित्र रहेको चक्रपथमा संचालन गर्ने योजना बनाइएको छ । काठमाडौं महानगरपालिकाका मेयर शाक्यले संघीय सरकार र प्रदेश सरकारको समेत सक्रियतामा मोनोरेलको डिपीआर तयार पार्ने सहमति पत्रमा समझदारी गरिएको स्पष्ट पारेका छन् ।
डिपीआरको खर्च पनि चिनिया कम्पनी सिआरसीसीले नै व्यहोर्नेछ । काठमाडौं महानगरपालिकाका मेयर शाक्यले सो प्रतिवेदन ६ महिना भित्रै आउने विश्वास व्यक्त गर्दै त्यसपछि तत्काल मोनोरेल संचालन मार्ग निर्माणको काम सुरु हुने पनि स्पष्ट पारेका छन् । उहाँले मोनोरेल सेवा निर्माणका लागि टेन्डर आह्वान गरेर प्रक्रिया अघि बढाउने योजना पनि सार्वजनिक गरे ।
कार्यक्रममा बोल्दै चिनिया कम्पनी सिआरसीसीका प्रमुख झ्यूले डिपीआरसहित मोनोरेल सेवा संचालनका लागि निर्माण कार्य पूरा गर्न ५ वर्ष समय लाग्ने बताए । यता, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले मोनोरेल संचालन गर्ने आफूहरुको सपना पूरा गर्न चिनिया कम्पनी सीआरसीसी सफल हुने विश्वास व्यक्त गरे । उहाँले सो रेल सेवा संचालनका लागि संघीय सरकार र प्रदेश सरकारको पनि सहायता लिने स्पष्ट पारे ।
यसअघि सीआरसीसीले नै सो रेल संचालनका लागि सम्भाव्यता अध्ययन तयार पारेको थियो । अध्ययन अनुसार काठमाडौं उपत्यकाको २७ किलोमिटर चक्रपथ भित्र मोनोरेल संचालनका लागि करिव १ खरव १६ अरव लाग्नेछ । काठमाडौं महानगरपालिकाका मेयर शाक्यले सो भन्दा कम लागतमा मोनोरेल संचालन गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । मोनोरेल संचालन भएसँगै काठमाडौंमा ट्राफिक जामको समस्या सदाका लागि समाधान हुने विश्वास गरिएको छ ।

हेर्नुहोस् भिडियो रिपोर्ट

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: