×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मुक्तिनाथ बिकास बैंकको एटिएम फोड्ने १८ बर्षीय किशोर यादव पक्राउ, यसरी फोडियो एटिएम… (भिडियो रिपोर्ट)


  • अर्थ सरोकार संबाददाता 
काठमाडौँ- सिराहा, सुखिपुर नगरपालिका वडा नम्बर ६ घर भै हाल काठमाडौँ देउराली क्लब, वडा नम्बर ३१ बस्ने भएका १८ बर्षीय किशोर यादव पढ्नका लागि काठमाडौँ आएका थिए । तर घरबाट ल्याएको पैसा मासिएपछि उनलाई पैसाको खाँचो पर्यो । अन्तत: उनले एटिएमबाट पैसा चोर्ने योजना बनाए । 
मङ्सिर ११ गते राती काठमाडौँ नयाँ बानेश्वरस्थित मुक्तिनाथ बिकास बैंकको एटिएम फोड्ने प्रयास गरे । तर उनी सफल भएनन् । दोश्रो दिन उनी पुन: एटिएम फोड्न भनी बैंकको एटिएममा छिरे । तर अघिल्लो दिनको घटनापछी अनुसन्धानमा रहेको प्रहरीले उनलाई पक्राउ गर्यो ।
काठमाडौँको भीएस निकेतन कलेजमा कक्षा ११ मा पढ्ने बताउने उनले एटिएम तोडफोडको प्रयास गरे पनि सफल भने हुन सकेनन् । थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 
उनले पैसा चोर्ने उद्धेश्यले फलामको रडले एटीएम मेसिन फोड्ने प्रयास गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनलाई चोरी कसुर अंतर्गत मुद्दा चलाई थप अनुसंधान भइरहेको प्रहरीको भनाइ छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: