×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेपाल बंगलादेशको १०.५३% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारणसभा ?

लाष्ट रिमाइन्डर : 
कम्पनी : नेपाल बंगलादेश बैंक
लाभांश : १०.५३ % नगद लाभांश 
बुक क्लोज : पुस १५ गते, आइतबार 
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (पुस १२ गते, बिहिबार)
विशेष साधारण सभा : पुस २६ गते 
विवरण :
नेपाल बंगलादेश बैंकको १०.५३ %नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज पुस १५ गतेदेखि हुने भएको छ ।
पेस गर्ने प्रस्तावहरु :
१०.५३% नगद लाभांश दिने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाब किताबका सम्बन्धमा पनि छलफल हुने।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
बैंकको प्रबन्धपत्र संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने
एजिएम हुने स्थान र समय :
राष्ट्रिय सभा गृहमा बिहान १० बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ८ करोड ८२ लाख ९९ हजार रुपैयाँ
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ३० करोड १९ लाख १४ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : १४ रुपैयाँ ९३ पैसा
प्रतिसेयर नेटवर्थ : १४६ रुपैयाँ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: