एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको बिर्तामोडमा, नगरपालिका मेयर शिवाकोटीले गरे उद्घाटन

काठमाडौं - एनआईसी एशिया बैंकले झापाको बिर्तामोड नगरपालिका वडा नं. ३, बिर्ताबजारमा नयाँ शाखा स्थापना गरी संचालनमा ल्याएको छ । बिर्तामोड नगरपालिका मेयर धुर्व कुमार शिवाकोटीले एक भव्य समारोहकाबिच उक्त शाखाको उद्घाटन गरे । ।

मुलुकभर २६८ शाखा कार्यालयहरु, २८१ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १९ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत एनआईसी एशिया बैंकले झन्डै साढे १३ लाख ग्राहकहरुलाई सेवा दिइरहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।
प्रकाशित : Wednesday, December 05, 2018

recent

Popular Posts