×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआइसी एसियाले ४० लाख इकाई ऋणपत्र बिक्री गर्ने, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड !

काठमाडौं – एनआइसी एसिया बैंकले ४० लाख इकाई ऋणपत्र बिक्री गर्ने भएको छ । उक्त ऋणपत्र बिक्रि गर्नको लागि बैंकले धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले करिब ४ अर्ब रुपैयाँ बराबरको ऋण पत्र बिक्रि गर्ने भएको छ । एनआइसीले ‘१०% एनआइसी एसिया डिबेन्चर २०८५।८६’ जारी गर्न लागेको हो । कुल ४० लाख इकाईमध्ये ८ लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । बाँकी ३२ लाख इकाई भने एनआइसीले अन्य संघसंस्था तथा कम्पनीहरुलाई बिक्री गर्नेछ ।
एनआइसील यो ऋणपत्रमा वार्षिक १०% ब्याज दिनेछ । १० वर्ष अवधिको यो ऋणपत्र आर्थिक वर्ष २०८५।८६ मा परिपक्क हुनेछ । बैंकले यस अघि पनि ११% ब्याजदर भएको १८ लाख ३० हजार इकाई ऋणपत्र बिक्री गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: