एनआइसी एसिया बैंकको १०% बोनसमा मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : एनआइसी एसिया बैंक
मूल्य समायोजन सेयर : १०% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ३७१ रुपैयाँ ८२ पैसा
औसत आधार मूल्य : प्रति कित्ता  ४१८ रुपैयाँ ४१ पैसा

विशेष साधारण सभा : पुस ४ गते 

विवरण :
एनआइसी एसिया बैंकको १०% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ३७१ रुपैयाँ ८२ पैसा कायम गरिएको छ । बुधबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता  ४१८ रुपैयाँ ४१ पैसा छ ।

एनआइसीले पुस ४ गते हुने वार्षिक साधारण १०% बोनस सेयर र कर तिर्न ०.५२६% नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ । यसका लागि बैंकले बुधबार बुक क्लाज गरेको हो ।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ३ करोड ११ लाख १७ हजार 
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ७५ करोड २६ लाख ९७ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ३६ रुपैयाँ ७८ पैसा
प्रतिसेयर नेटवर्थ : १६२ रुपैयाँ ३३ पैसा
प्रकाशित : Wednesday, December 05, 2018

recent

Popular Posts