×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

इन्भेष्टर्स फोरमका अध्यक्षको निष्कर्ष, ‘मञ्जुश्री फाइनान्सले लगानीकर्तामाथि अन्याय गर्यो, कम्पनीलाई कारवाही हुनुपर्छ’

  • अर्थ सरोकार संबाददाता
काठमाडौँ –  मञ्जुश्री फाइनान्सले लाभांस प्रस्तावमा लगानीकर्ताको भावनामाथि खेलबाड गरेको विषयलाई इनेपाल इन्भेष्टर्स फोरमका अध्यक्षले ‘लगानीकर्तामाथि भएको अन्याय’को संज्ञा दिएका छन् । लाभांस प्रस्तावको दुइ थरी सूचना सार्वजनिक भएपछी मञ्जुश्री फाइनान्स लिमिटेडको सेयर कारोबार रोक्का भएपछी यस विषयमा प्रतिक्रिया दिंदै उनले कम्पनीले बदमासी गरिरहने, नेप्सेले देखाएजस्तो गर्न केहि दिन सेयर कारोबार रोक्का गर्ने र फेरी खोलेर जनताको लगानीमाथि खेलबाड गर्ने काम भइरहेको भन्दै यस्ता कम्पनीलाई कारवाही हुनुपर्ने बताएका छन् । 
‘नेपाल राष्ट्र बैंकले अनुगमन गर्ने संस्था कै यस्तो हालत छ, अरुको के हालत होला ?  मञ्जुश्री फाइनान्स त अझ निकै सानो कम्पनी भयो, ठूला कम्पनीहरुले यस्तो गरे भने लगानीकर्ताहरु त सडकमा पुग्छन् । यस्ता कम्पनीहरुलाई ऐन कानुनमै कारवाहीको स्पष्ट व्यवस्था बनाएर कारवाही गरिनुपर्छ । म व्यक्तिगत तर्फबाट र इन्भेष्टर्स फोरमको तर्फबाट पनि यो घटना प्रति खेद प्रकट गर्दछु ।’ उनले भने । उनले यस्तो दोहोरो सूचनाका कारण बजारमा चलखेलसमेत हुने गरेको दावी गरे । ‘नेप्सेले हदै गरे त्यो दिनको कारोबार रद्ध गरेको देखिन्छ । तर यसरी हुँदैन । यो एकदम गलत प्रवृति हो । यसलाई निरुत्साहित गर्नुपर्छ ।’     
यसो त नेप्सेले पनि सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई एक सूचना जारी गर्दै यसरी दोहोरो सूचना जारी नगर्न र सूचना जारी गर्दा ख्याल गर्न निर्देशन दिएको छ । तर यस्ता विषयलाई सम्बन्धित पक्षले गम्भीरतापूर्वक नलिंदा कम्पनीहरुले बजारमा यस्तो गलत अभ्यास गर्दै आएका छन् । साधारणसभामा पनि यस्ता विषयमा बोल्ने लगानीकर्ताहरुलाई पहिला नै ‘मिलाइने’ हुनाले यस्ता आवाज दबिने गरेकोसमेत इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका पौडेलको निष्कर्ष छ ।   
कम्पनीकाे सञ्चालक समिति बैठकले यसअघि ९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । तर बुधबार कम्पनीले अन्यथा भएको भन्दै २.९ प्रतिशतमा संसोधन हुने सूचना मंगलबार नेप्सेमा फेरि पठाएको थियो । यस विषयमा लगानीकर्ताहरुले चर्को विरोधको स्वर उठाएका थिए । फाइनान्सको ११औं बार्षिक साधारण सभामा चुक्ता पूँजी ८० करोड ४० लाख ६० हजार २१० रुपैयाँको २.९ प्रतिशत मात्रै नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएपछी लगानीकर्ताहरुले कम्पनीको मनपरी हद भएको भन्दै कम्पनीलाई कारवाही गर्नुपर्ने माग राखेका थिए । फाइनान्सले पुस १६ गते थापागाँउ ब्यांकेट, नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।  यता नेप्सेले भने कम्पनीलाई स्पष्टीकरण माग गरेको छ । कम्पनीको यो कदमका कारण लगानीकर्ता मारमा परेको र यस्तो क्रियाकलाप गलत भएको निष्कर्षसहित नेप्सेले कम्पनीलाई स्पष्टीकरण माग गरेको बताइएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: