×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बिना धितो ऋण चाहिएको छ ? ‘एनएमबि बैंक जानूस्, ३ लाखदेखि १५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण लिनूस् !

काठमाडौं – बिना धितो ऋण चाहिएको छ ? यदी छ भने तपाईंका लागि खुसीको खबर छ । एनएमबी बैंकले लघु तथा विपन्न वर्गका लागि तीन लाखदेखि १५ लाख रुपैयाँसम्म बिन धितो सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । तपाईंले पनि यो मौकाको फाइदा उठाउन सक्नुहुन्छ । 
सरकारद्वारा जारी गरेको ‘सहुलियतपूर्ण ऋणका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५’ अनुसार बैंकले कर्जा उपलब्ध गराउने भएको हो । बैंकले लघु तथा विपन्न वर्गलाई लक्षित गरी एनएमबी सहुलियतपूर्ण कर्जा सञ्चालनमा ल्याएको जानकारी गराएको हो । जसअन्तर्गत विभिन्न आठ प्रकारका व्यवसाय गर्न बैंकले सहुलियतपूर्ण ऋण उपलब्ध गराउने छ भने सात प्रकारका ऋण बिनाधितो उपलब्ध गराउने छ ।  
बैंकले महिला उद्यमशीलता कर्जा अन्तर्गत १५ लाख रुपैयाँ ऋण उपलब्ध गराउने छ भने कृषि तथा पशुपन्छी, वैदेशिक रोजगारीबाट फर्केका युवा र दलित समुदायका लागि १० लाख रुपैयाँ व्यवसाय गर्न ऋण प्रदान गर्ने छ । त्यस्तै, शिक्षित युवा स्वरोजगारका लागि ७ लाख, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षाका लागि ५ लाख र भूकम्प पीडितहरुको निजी आवास निर्माणमा लागि ३ लाख रुपैयाँ ऋण उपलब्ध गराउने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिएका छन् ।

ऋण लिने हो भने यो बैंकको ठेगाना यस प्रकार छ :
एन एम बि बैंक लिमिटेड
टोल फ्री नम्बर : 16600125252
मुख्य कार्यालय : बबरमहल काठमाडौँ
फोन : 01-4246160

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: