×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बिना धितो ऋण दिने एनएमबि बैंकको ‘स्किम’ : सीइओकै मुखबाट सुन्नुहोस् कसले-कसरी पाउँछन् ऋण ? (भिडियोसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- एनएमबि बैंकले लघु तथा विपन्न बर्गका लागि तीन लाख देखी १५ लाख सम्म विना धितो सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । सुरकारद्धारा जारी गरेको सहुलियतपूर्ण ऋणका लागि व्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि २०७५ अनुसार बैंकले सो कर्जा उपलब्ध गराउने भएको हो । 
बैंकले सोमबार पत्रकार सम्मेलन गरेर लघु तथा विपन्न बर्गलाई लक्षित गरी एनएमबि सहुलियतपूर्ण कर्जा संचालनमा ल्याएको जानकारी गराएको हो । जस अन्तर्गत विभिन्न आठ प्रकारका व्यवसाय गर्न बैंकले सहुलियतपूर्ण ऋण उपलब्ध गराउने छ भने सात प्रकारका ऋण विना धितो उपलब्ध गराउने बैंकले जानकारी गराएको छ । बैंकले महिला उद्यमशीलता कर्जा अन्तर्गत १५ लाख रुपैयाँ ऋण उपलब्ध गराउने छ भने कृषि तथा पशुपन्छी, बैदेशीक रोजगारीबाट फर्केका युवा र दलित समुदायका लागि १० लाख रुपैयाँ व्यवसाय गर्न ऋण प्रदान गर्ने छ । त्यस्तै, शिक्षित युवा स्वरोजगारका लागि ७ लाख, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षाका लागि ५ लाख र भूकम्प पीडितहरुको निजी आवास निर्माणमा लागि ३ लाख रुपैयाँ ऋण उपलब्ध गराउने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिएका छन् ।
यस्तै, बैंकले निक्षेपकर्ताहरुलाई थप सुबिधा प्रदान गर्न एनएमबि सहारा बचत खाता पनि संचालनमा ल्याएको छ । जस अन्तर्गत विभिन्न १८ प्रकारका रोगहरु, दुर्घटनाबाट मृत्यु तथा पूर्ण अशक्त भएमा अधिकतम १० लाख रुपैयाँ सम्मको बिमा सुविधा उपलब्ध हुने छ । बैंकले यस निक्षेप योजनामा सर्वा्धिक ७ प्रतिशत ब्याज उपलब्ध गराउने समेत जानकारी दिएको छ ।
हेर्नुहोस् भिडियो :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: