×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नबिल बैंकका कार्डबाहक ग्राहकहरुलाई कान्तिपुर डेन्टल कलेज तथा शिक्षण अस्पतालमा विशेष छुट

काठमाडौँ – नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले कान्तिपुर डेन्टल कलेज तथा शिक्षण अस्पताल र अनुसन्धान केन्द्रमा विशेष छुट र सुविधा पाउने गरि नबिल बैंक र केडीईसीएचबीच सम्झौता भएकोे छ । उक्त सम्झौता बमोजिम कान्तिपुर डेन्टल कलेज तथा शिक्षण अस्पताल र अनुसन्धान केन्द्रले नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई एक्स–रे बाहेक सामान्य अस्पताल शुल्कहरुमा २०% सामान्य दन्त चिकित्सा, दन्त प्रत्यारोपण, ओर्थोडोंटिक्स तथा क्राउन ब्रिजहरुमा १०% को विशेष छुट र सुविधाहरु प्रदान गर्नेछ । 
‘ग्राहकहरुलाई अधिक सेवा प्रदान गर्ने हाम्रो प्रयासको निरन्तरता स्वरुप कान्तिपुर डेन्टल कलेज तथा शिक्षण अस्पताल र अनुसन्धान केन्द्र संगको यस सम्झौताले हाम्रा कार्ड प्रयोगकर्ताहरुलाई व्यापक स्वास्थ्य सेवाको लाभ पुग्ने हामीलाई विश्वास छ ।’ नबिल बैंक लिमिटेडका प्रमुख खुद्र बैंकिङ्ग  निरज शर्माले भने । 
“नेपाली नागरिकहरुलाई अधिक सेवा पु¥याउने हाम्रो प्रतिबद्धता अनुरुप नबिल बैंकसंग सहकार्य गर्न पाउँदा हामीलाई धेरै खुशि लागेको छ र यो सम्झौताले सेवामा हामी थप एक कदम अगाडी बढेको विश्वास गर्दछौं ।” कान्तिपूर डेन्टल कलेज तथा शिक्षण अस्पताल र अनुसन्धान केन्द्रका अध्यक्ष बुद्घिमान श्रेष्ठले भने ।
कान्तिपूर डेन्टल कलेज तथा शिक्षण अस्पताल र अनुसन्धान केन्द्र एक सुविधा सम्पन्न डेन्टल अस्पताल हो जसमा १५० दन्त कुर्सी तथा ९ वटा विभागहरु रहेका छन् । धापासी स्थीत सो डेन्टल अस्पतालको कपन, पोखरा, बुटवल, भलवाडी तथा नारायणघाटमा सेवा केन्दहरु छन् । बहु–विशेषता भएको सो अस्पताल बिरामीहरुको निरन्तर सेवामा उन्मुख रहंदै आधुनिक उपचार प्रकृया अपनाउदै आएको छ ।
नबिल बैंकले ७४ वटा शाखाहरुको सञ्जाल, १२१ वटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरु संगै अघि बढ्ने विश्वास लिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: