×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मञ्जुश्री फाइनान्स र एलआईसीएनलाई कारवाही नगर्दाको परिणाम : नागबेली लघुवित्तले पनि लगानीकर्ता झुक्यायो !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- मञ्जुश्री फाइनान्सले गरेको गलत कार्यमा नेप्सेले कारवाहीको प्रक्रिया अगाडी बढाउन ढिलो गर्दा वा कारवाही नै नगर्ने दुरासय राख्दा बजारमा लगानीकर्ता झुक्याउने खेलले बढावा पाएको छ । यसअघि मञ्जुश्री फाइनान्सले एउटा लाभांशको लोभ देखाएर पुन: त्यसमा संसोधन गर्दै लगानीकर्ताहरुलाई झुक्याएको थियो । यस्तै काम नागबेली लघुवित्तले पनि गरेको छ । 
  
नागवेली लघुवित्तले २०७५ कात्तिक २६ गते सञ्चालक समितिको २५२औं बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य नाफाबाट लगानीकर्ता वितरण गर्ने भन्दै १६.११ प्रतिशत बोनश शेयर र ०.८६ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको थियो । तर पुन: कम्पनीले आफ्नै पूर्ववत: निर्णयलाई उल्टाउँदै २०७५ पुष ९ गते बिहान ८ बजे बसेको सञ्चालक समितिको २५४औं बैठकको निर्णय भन्दै बोनस सेयर ९ प्रतिशत मात्र हुने सूचना नेप्सेलाइ पठाएको छ । यसले लगानीकर्ता झुक्किएका मात्रै छैनन्, ठगीएका पनि छन् । 
यसअघि एलआईसीएनले सुरुमा ३६ प्रतिशत लाभांशको लोभ देखाएर पछी १२ प्रतिशतमा झारेको थियो भने केहि समय अगाडी मात्रै मञ्जुश्रीले ९ प्रतिशतको लोभ देखाएर २ प्रतिशतमा झारेको थियो । यस्ता बदमासी गर्ने कम्पनीहरुलाई कारवाही हुन नसक्दा नागबेलीले पनि लगानीकर्ताहरुलाई झुक्याएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: