×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेसलन इन्सुरेन्सले गर्यो प्रगति, खुद नाफा १ करोड ७० लाख २३ हजार रुपैयाँ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेसलन इन्सुरेन्सको आर्थिक वर्षको २०७५/७६ को प्रथम त्रैमासको वित्तिय विवरण सार्वजनिक भएको छ । सार्बजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा १ करोड ७० लाख २३ हजार रुपैयाँ  कमाएको छ । गत वर्ष यही अवधिमा कम्पनी ६८ करोड १ लाख ७८ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । 
कम्पनीले खुद बिमा शुल्क २५ करोड १७ लाख रुपैयाँबाट बढाएर २६ करोड ७५ लाख ७१ हजार रुपैयाँ पुर्याएको छ भने पुनर्बिमा १८ हजार रुपैयाँ कमाउन सफल भएको छ । कम्पनीले यस त्रैमासमा कुल बिमा शुल्क २८ करोड ४८ हजार रुपैयाँ आर्जन गरेको छ । यसले कुल १८ करोड ७६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दाबी रकम ६६ करोड ३८ लाख ३९ हजार रुपैयाँ छ ।
नेसनलको जगेडा कोष भने ३८ करोड ५१ लाख ५३ हजार रुपैयाँ ऋणात्मक रहेको छ । बिमा कोषको आकार ८३ करोड २३ लाख रुपैयाँबाट बढाएर ९९ करोड ८३ लाख ३८ हजार रुपैयाँ पुर्याएको छ । नेसनल इन्सुरेन्सले सर्वसाधारणमा सेयर जारी गरेको छैन ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: