×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेको इन्स्योरेन्स २२ औँ वर्षमा प्रवेश, विभिन्न विधामा अवार्ड प्रदान

काठमाडौं – नेको इन्स्योरेन्स कम्पनी लिमिटेड २२ औँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले बुधबार एक कार्यक्रम बीच वार्षिक समारोह सम्पन्न गरेको हो । कम्पनीले आफ्नो वार्षिकउत्सव समारोहको अवसरमा कम्पनीमा कार्यरत उत्कृष्ट कर्मचारीहरु लाई सम्मान गरेको छ ।
कम्पनीले बार्षिकउत्सव कार्यक्रममा चार विधामा कर्मचारी तथा शाखा कार्यालयलाई अवार्ड प्रदान गरेको थियो । उक्त अवार्डमा बेस्ट म्यानेजर अवार्ड कालिमाटि शाखाका शाखा प्रमुख कृष्ण बर्तौला लाई दिएको छ । यसैगरी कम्पनीले बेस्ट शाखा अवार्ड नयाँ बानेश्वर शाखा, बेस्ट मार्के्टिङ्ग अवार्ड नारायणघाट शाखाका बजार व्यवस्थापक कृष्ण रिजाल र बेस्ट रिजनल अर्वाड बुटवल कार्यलयका रमेश बहादुर थापा लाई प्रदान गरेको थियो ।
वार्षिकोत्सव कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, कम्पनी सञ्चालक अध्यक्ष, कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगाएत कम्पनीमा कार्यरत कर्मचारीहरुको उपस्थित रहेको थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: