×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेकपा नेतृसँग मिलेर ‘सेनानी’को ठगी धन्दा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ पुष २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

नेकपा नेतृसँग मिलेर ‘सेनानी’को ठगी धन्दा

काठमाडौं – नेपाली सेनाको उपसेनानी(लेफ्टिनेन्ट) को यूनिफर्म लगाएर हिंड्ने । जिल्लाका शक्तिशाली नेतासँगको निकटता । देशका शक्तिशाली व्यक्तिहरुसँगको चिनजानको धाक । केही समययता सुनसरीमा यस्तै रवाफका साथ एक युवकले आतंक मच्चाइरहेका थिए । 
सामान्यतया सैनिक अधिकारीहरु आफन्तका जाँदा युनिफर्म लगाएर जाँदैनन् । तर, सुनसरीको दुहवी नगरपालिकाका सुगम ठकुरी गाउँमा सधै उपसेनानीको युनिफर्म लगाएर हिड्ने गर्थे । सेनाका अधिकृत भएको भन्दै कतिपयले उनलाई सम्मान गर्थे । त्यही आधारमा विश्वास गर्दा कतिपय उनीसँग फसेका समेत छन् । अहिले उनी प्रहरी हिरासतमा पुगेपछि मात्र यी युवकको ठगीधन्दा चर्चाको विषय बनेको छ । 
ती युवकको ठगी प्रकरण बेजोड छ र यसमा नेकपाकी नेतृ भगवती चौधरीसमेत मुछिएकी छिन् । गत वर्ष निर्वाचनमा सेनाको पोशाक लगाएका एक युवक नेतृ चौधरीको बडिगार्ड बनेर चुनावी भेलामा हिंडेका थिए । चुनावको बेला कसैलाई सुरक्षा थ्रेट भएमा प्रहरी बडीगार्डका रुपमा खटिन्छ । तर, चौधरीको बडीगार्डमा भने सैनिक पोशाकका अधिकृत खटिएपछि धेरैले अनौठो मानेका थिए । 
आफू निकट व्यक्ति भएकाले उनको चुनावमा आफूलाई सहयोग गर्न खटिएको ठानेर चौधरीले पनि उनको सहयोग लिइन् । चौधरीले ठकुरीलाई सेनामा जागिर खुवाउन धेरै सैनिक अधिकारी तथा नेताहरुलाई भनेकी थिइन् । सोही आधारमा आफ्नो नाम निस्किएको ठकुरीले बताउने गरेका थिए । सोही आधारमा उनी युनिफर्म लगाएर गाउँ पुग्ने गर्दथे । 
उनी चौधरीकै घरमा बस्दथे । त्यहीकारण पनि धेरैले उनी सैनिक नै भएको भनेर विश्वास गरेका थिए । थोरै भोटले भगवतीले विजय गच्छेदारसँग चुनाव हारिन् । त्यसपछि सुगम निराश भए । तर, भगवतीकै नाममा उनले जिल्लामा ठगी सुरु गरे । सेनामा जागिर लगाइदिने भन्दै पैसा उठाउन थाले । लाखौं पैसा उठाए, तर भर्ना गराइदिन सकेनन् । त्यसपछि पीडितहरु प्रहरीमा गए । प्रहरीले सैनिक मुख्यालयलाई पत्राचार ग¥यो । तर, त्यो नामको सैनिक अधिकृत नभएको खुल्यो । पक्राउ गरेर अनुसन्धान गर्दा उनी नक्कली सैनिक भएको खुल्यो । उनले नक्कली परिचयपत्रसमेत बनाएको खुलेको छ । 
नेतृ चौधरी भन्छिन्,‘ऊ त सैनिक नै होला भन्ने लागेको थियो, तर मलाई पनि झुक्यायो ।’ छोराको साथी भएकाले विश्वास गर्दा आफू समस्यामा परेको उनी बताउँछिन् । ठकुरीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले ठगी मुद्दामा कारबाही अघि बढाएको छ । अनुसन्धान गर्दा उनी सानैदेखि अपराधिक मानसिकताका व्यक्ति रहेको खुलेको छ । १४ वर्षकै उमेरमा बलात्कार आरोपमा पक्राउ परेका थिए । सुधार गृहमा बसेपछि छुटेका उनी नेताहरुलाई समेत प्रभावमा पारी ठगी धन्दामा लागेका हुन् । – दृष्टि साप्ताहिकबाट 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: