नेपाल टेलिकमको प्रतिकित्ता ५५ रुपैयाँ नगद लाभांश दिने घोषणा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले प्रतिकित्ता ५५ रुपैयाँ नगद लाभांश दिने भएको छ । टेलिकमको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट लगानीकर्ताहरुलाई उक्त नगद लाभांश दिने निर्णय गरेको हो ।

टेलिकमका अनुसार प्रस्तावित लाभांश नेपाल सरकारले स्वीकृत दिएपछि र साधारण सभाले अनुमोदन गरेपछि मात्र उक्त लाभांश वितरण गरिने कम्पनीले जानकारी गराएको छ । 

प्रकाशित : Tuesday, December 18, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal