×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेप्सेले लियो ‘कडा एक्सन’, सनराइज, हिमालयन र मेगा बैंकसहित ५ बैंकको सेयर कारोबार रोक्का !

  • अर्थ सरोकार संबाददाता 
काठमाडौँ -नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले सनराइज बैंक, हिमालयन बैंक, मेगा बैंक, मिसन डेभलपमेण्ट बैंक तथा शांग्रीला डेभलपमेण्ट बैंकको शेयर कारोबार रोक्का गर्ने निर्णय गरेको छ ।
सूचीकरण नियमावली तथा नेप्सेको परिपत्र विपरितका कामहरु गरेको भन्दै नेप्सेले यी ५ बैंकहरुको शेयर कारोबार रोक्का गर्ने निर्णय गरेको हो । नेप्सेको सूचीकरण शाखाले केही समय अघि सूचीकृत कम्पनीहरुलाई सूचना प्रवाह गर्ने लगायत विषयमा परिपत्र जारी गरेको थियो । उल्लेखित ५ संस्थाले उक्त परिपत्रको पालना नगरेको नेप्सेको ठहर छ ।
धितोपत्र सूचिकरण विनियमावली २०७५ को दफा २२ को उपदफा १ को खण्ड ‘ङ’मा गरिएको व्यवस्था अनुसार निर्णयका सूचनाहरु संचालक समितिको बैठकको समय समेत उल्लेख गरी तोकिएको समयमा नेप्सेमार्फत सार्वजनिक गर्नु पर्ने हुन्छ ।

(यसअघि शांग्रीला डेभलपमेण्ट बैंक हुनुपर्नेमा अन्यथा भएकोमा सच्याईएको छ । – सम्पादक) 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: